फिनल्यान्डकी प्रधानमन्त्री मरिन सोसल डेमोक्र्याटको अध्यक्ष चयन
हेल्सिन्की । फिनल्यान्डकी प्रधानमन्त्री ३४ वर्षीया सान्ना मरिन सोसल डेमोक्र्याट पार्टीको अध्यक्षमा चयन भएकी छिन् । फिनल्यान्डको इतिहासमै यति कम उमेरमा सत्तारुढ दलको नेतृत्व लिने उनी पहिलो महिला हुन् ।
फिनल्यान्डको सबैभन्दा ठूलो दल सोसल डेमोक्र्याट पार्टीको अधिवेशनले मरिनलाई पार्टी अध्यक्षमा आइतबार निर्विरोध चयन गरेको हो । उक्त पार्टीमा महिलाले नेतृत्व सम्हालेको यो दोस्रो पटक हो । हाल पार्टी अध्यक्षमा एन्टी रिन्न रहेका छन् । उनले देशभित्रको राजनीतिक गतिरोधबीच गत वर्ष डिसेम्बरमा प्रधानमन्त्री पदबाट पनि राजीनामा दिएका थिए ।
फिनल्यान्डमा निकै लोकप्रिय युवा नेतृ मरिनले पार्टी नेतृत्वका लागि उम्मेदवारी दिएकी थिइन् र उनको विपक्षमा कुनै पनि व्यक्तिले उम्मेदवारी दिएका थिएनन् । मरिनको आठ महिने सरकारको अधिकाँश समय कोरोनाभाइरस महामारीसँग जुध्दै ठीक्क भएको छ । उनले कोरोनाभाइरस नियन्त्रणमा गरेको सुझबुझपूर्ण कार्यलाई लिएर देशभित्र निकै प्रशंसा बटुलेका छन् । फिनल्यान्डमा हालसम्म ३३४ जनाको मृत्यु भएको छ ।
सोसल डेमोक्र्याट पार्टीको फिनल्यान्डको दक्षिणी शहर टाम्परमा गतसाता अधिवेशन सम्पन्न भएको थियो । पार्टीले सन् २०१९ को चुनावमा करिब १८ प्रतिशत मत प्राप्त गरेर संसदमा सबैभन्दा ठूलो दल बनेको थियो । हाल यस पार्टीले अरु स–साना पाँच वटा पार्टीको समर्थनमा सरकार बनाएको छ । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई