‘असल पुरुषको मानक’
सामान्य भाषामा असल पुरुष अर्थात् ‘रियल म्यान’ त्यस्तो पुरुष हो जसले महिला, पुरुष वा कुनै पनि व्यक्ति र समुदाय विरुध्द कुनै पनि किसिमको विभेद, हिंसा गर्दैन र यदि कसैले गरेको देख्यो, सुन्यो भने पनि त्यसका विरुध्दमा बोल्छ, पीडितलाई सहयोग गर्छ, सम्मान गर्छ। अर्थात् व्यक्तिगत रुपमा आफू जिम्मेवार हुन्छ र अरुहरुलाई पनि जिम्मेवार हुन् अभिप्रेरित गरिरहन्छ। यो नियमित प्रक्रिया हो अर्थात् कुनै पाहुनालाई देखाउन, प्रोजेक्टमा जागिर खान, सामाजिक संजालमा सेलेब्रिटी हुन्, ताली र तारिफ पाउन वा कुनै देखावटी प्रयोजनका लागि गरिने कार्य हैन।
माथि पङ्क्ति पढ्दा सबैजसो पुरुषलाई ‘म असल पुरुष रहेछु’ भन्ने लाग्न सक्छ उनीहरुले सोच्न सक्छन्स मैले महिला वा कसैलाई पिटेको छैन, बलात्कार गरेको छैन, फुर्सदका बेला घरको काममा र पाहुनाको सम्मानमा खटेको छु, दुःख गरेको छु, कमाएको छु, परिवारकै खुशीको लागि सकाएको छु आदि आदि।
तर यिनै आधारमा मात्र पुरुष असल भएको मान्न गाह्रो हुन्छ। महिला र पुरुषबीच व्यक्तिगत र पेशागत सम्बन्ध कस्तो छरु लिने र दिने प्रवृतिको छ किः सहानुभुति वा दया मात्र हो किरु कि मानव भएको हैसियतले गरिएको मर्यादित व्यवहार नै होरु यी प्रश्नका व्यावहारिक कसीमा मात्र असल पुरुष हो वा होइन भन्ने निरुपण हुन्छ।
हो, संसारैभर जति महिलाहरुलाई मर्यादापूर्वक जिउन गाह्रो छ, त्यति नै पुरुषहरुलाई पनि छ। महिला र पुरुष बाहेकका अवस्था भएका व्यक्तिहरुका लागि झन् गाह्रो हुने नै भयो। तर, के सत्य हो भने सामाजिक, राजनीतिक, आर्थिक आदि सबै क्षेत्रमा रहेको संरचना र नीतिका कारण पुरुषहरु शक्तिमा छन्। अवसर पनि उनीहरुले नै धेरै पाउँछन्। त्यसैले पुरुषले असल पुरुषको भूमिका खेलेर जो कोहीमाथि विभेद र हिंसा नगर्नु तथा गर्न नदिनु वान्छनीय हुन्छ।
सबै पुरुष जन्मँदै हिंस्रक हुँदैनन्, सबै पुरुषले हिंसा गर्दैनन् र सबै पुरुष विभेद र हिंसा भएको टुलुटुलु हेरेर बस्दैनन् पनि सक्दैनन्। तर, कटु यथार्थ के छ भने संसारभर नै हिंसा गर्ने दर पुरुषहरुको धेरै छ, पीडित हुनेमा महिलाहरु बढी छन्। केही समय यता भएका एसिड आक्रमणका २० वटा घटनामा १८ जना महिला पीडित रहे भने २ जना पुरुष।
पुरुष पीडक र महिला पीडित रहेको स्थिति मानव अधिकारको बहस हुनुभन्दा अघिदेखिकै हो। आज शिक्षा, प्रविधिले सजिसजाउ भएको परिवेशमा जन्मदै हिंस्रक नहुने, सबै पुरुषले हिंसा र विभेद नगर्ने वा हेरेर नबस्ने तथ्यलाई बृहत् र वैज्ञानिक बनाउन पुरुषको सहभागिता वा ‘रियल म्यान’को अवधारणा अस्तित्वमा आएको हो। अझै गहिरिएर हेर्ने हो भने यो ब्रह्माण्डको स्थायित्व दुवैको साझेदारीबिना सम्भव नै छैन। के मात्र भने मर्यादित वा न्यायोचित साझेदारीका लागि पुरुषको सहभागिता आवश्यक भएको हो। यसको मतलब पुरुषको अग्रगामी, ‘प्रोएक्टिभ’ भूमिका खोजिएको हो।
पुरुषहरुले आफू अलिकति पछाडि वा दायाँबायाँ सरेर अवसर नपाएकी, पीडित, हेपिएकी महिलालाई आत्मसम्मानमा ठेस नपुर्याई, आत्मबल बढाएर, क्षमता वृद्धि गरेर, पद, अवसर दिएर उनीहरुको अस्तित्व र नेतृत्व सम्मानपूर्वक स्वीकार गरियोस् भनिएको हो। यो नै हाम्रो घर, स्कुल, कार्यक्षेत्र, सबैतिर खोजेको असल पुरुषको मानक हो। क्याबिनेटको बैठक होस् वा बाराको एक गरिब, दलितको घरको भान्सा (पहिलो संसद) यसका लागि धन, पद, पढाइ कुनै पनि मानक होइनन्।
यो सस्कार हो, सम्पदा हो। आम पुरुषका लागि परीक्षा र चुनौती पनि हो। असल पुरुषको भूमिका ओछ्यानदेखि कार्यक्षेत्र चाहे त्यो राष्ट्र प्रमुखको भूमिका किन नहोस्, चौबीसै घण्टा न्यायसङ्गत हुनुपर्दछ। मदिरा पिएको, थाकेको, टेन्सनमा भएको, अफिसमा वा घरमा झगडा वा रमाइलो गरेको, जिस्केको, गीत गाएको वा कुनै बहानामा असल पुरुषको मानक परिवर्तन हुँदैन।
आफ्नो विचार, इच्छाअनुसार उठबस गराउन सक्नु, भौतिक सहजतामा आफू अनुकूल वा ‘एस’ बनाउन सक्नु असल पुरुषको मानक हुँदै होइन। कतै नाम राखिदिएर, तालिममा पठाएर, काजमा खटाएर, उपहारले पुरिदिएर, कन्सल्टेन्सी आदि काम वा अवसर सिर्जना गरिदिएर आफ्नो फाइदा र इच्छाबमोजिम महिलालाई उपयोग गर्ने पुरुषलाई असल पुरुष मान्न सकिँदैन।
यो त हिंसा हो, अपराध हो। समाजले स्वबस्तुकीकरण (सेल्फ अब्जेक्टिकरण) गरिरहेको सामाजिक परिवेशमा महिलालाई पनि आफूलाई फाइदा वा अनुकूल हुनेगरी, महिलाले थाहा पाउने वा नपाउने गरी अर्थात् देखिने वा नदेखिने गरी महिलामाथि गरिने व्यवहार असल पुरुषको पहिचान हुन सक्दैन। महिलाले गरेको काममा परामर्श र सहयोगभन्दा पनि सार्वजनिक जीवनमा महिलालाई गाली बेइज्जती गर्ने, हतोत्साही बनाउने, माफी माग्न बाध्य पार्ने अवस्थाको सिर्जना गर्ने, भाषा वा क्षमताका वा संस्कारको आडमा कमजोर सावित गर्न खोज्ने कार्य पनि असल पुरुषको सूचक हुन सक्दैन।
महिलालाई आवश्यक पर्दा वा अप्ठेरो अवस्थामा सहयोग गर्ने, हस्तक्षेपकारी कार्य वा कुनै चुनौती वा गाली बेइज्जती सहन परे पनि ग्लानिको सट्टा गौरव र शान महसुस गर्न सक्ने पुरुष हुन् असल पुरुष। कोरोना कहरमा देखिएको हिंसा होस् वा दलित वा अन्य कुनै बहिष्करण पारेको र परेको समूहमाथि गरिएको विभेद वा एसिड आक्रमण वा घरको छोरा छोरीलाई हुर्काइने अभ्यास आदि सबै सबैमा असल पुरुषको दायित्व सदैव रहन्छ। कुनै सहकारी वा समूहमा देखाउने पैसा वा किस्ताबन्दीमा तिर्ने काम जस्तो हैन, असल पुरुषको मानक।
बाटोमा हिँड्दा चिन्दै नचिनेकी वा नाता नपरेकी महिलाको लुगा, शरीर वा केही चिजलाई इङ्कित गरेर जिस्काइरहेको देखियो भने रोकिएर त्यसको बोल्ने, कुनै कार्यक्रममा उद्देश्य अनुरूपका महिलाहरुको सहभागिता गराउन पहल गर्ने वा घरमा महिला सदस्य महिनावारी कहिले हुँदैछन् भनेर सरोकार राख्न सक्ने पुरुषलाई असल पुरुष मान्न सकिने केही आधार हुन्। महिलाहरु, खासगरी सामान्य महिलाहरुसँग एकै मञ्चमा बस्न, फोटो खिच्न नचाहने, एउटै भोजमा एकै टेबलमा बसेर खाना खान नसक्ने, छुट्टै बसेर खाने वा छुट्टै राखेर खुवाउने कार्यहरु पनि असल पुरुषको मानकमा पर्दैन।
आफूभन्दा सशक्त ज्ञान, पद, पैसा आदि हुने देखियो भने महिलालाई समेत प्रयोग गरेर वा अन्य उपायद्वारा आफू अनुकूल उपभोग गर्ने, त्यसो गर्न नसकिने भयो भने औपचारिक, अनौपचारिक समूह खडा गरेर महिलाको चरित्र हत्या गर्ने, पलपलमा अनेक दुःख दिई आजित पारेर महिलालाई आत्मसमर्पण वा मृत्युवरणका लागि बाध्य बनाउन लागिपर्ने पुरुष जतिसुकै ठूलो पद, पैसा वा शक्तिमा रहे पनि त्यस्ता पुरुषलाई असल पुरुष मान्न सकिन्न।
महिलालाई सहयोग गरेजस्तो गरेर महिलाको पैसा धुत्नु, समावेशी पद खोस्नु वा शरीर उपभोग गर्नु वा गर्न खोज्नु के हो भनेर प्रश्न नै नगरे भो १ तर, नेपाली समाजमा हुने अधिकांश महिला हिंसा भनेको सबै यस्तै यस्तै छन्, झट्ट नदेखिने, थाहा पनि नपाउने प्रकृतिका। यो मानिस असल छ, मेरो खुबै ख्याल गर्छ भन्दाभन्दै उसले सट्को कुन परिवेशलाई कसरी मौका छोपेर दुर्व्यवहार गरिसकेको हुन्छ। आफैंले कल्पना गर्न पनि डर लाग्छ। अरुहरुले पत्याउन्, सहयोग गरुन् भनेर सोच्नु त आकाशको फल आँखा तरी मर भने जस्तै हो। अर्थात सबै महिलातिरै खनिन्छन्, महिलालाई नै दोष लगाउँछन् ।।।मुखाले ।।।चरित्रहीन आदि इत्यादि आक्षेप लगाउँदै।
दुःखका साथ भन्ने पर्छ, अधिकांश नेपाली महिलाले आफ्नो जीवनमा ुरोल मोडेलु पुरुष नै भेट्दैनन्। अपवाद बाहेक आज जसलाई महिलाहरुले 'रोल मोडल' मानेका छन्, जस्तोः बा, दाइ, भाइ, श्रीमान, साथी, शिक्षक, प्रहरी, राजनीतिकर्मी, पण्डित आदि उनीहरुको दिनहुँ देखिने, सुनिने, गरिने व्यवहार पनि लैङ्गिकमैत्री छैनन् वा तिनीहरु नै पीडकसमेत छन्। भोलि घटना हुने पनि उनीहरुबाट नै हो, कुनै घटना भयो भने सहयोग गर कसरी भन्नेरु सहयोग गरे पनि कसरी लिनेरु सहयोग गर्नेले फेरि मैले सहयोग गरेको भनेर भन्दै हिँडेको कथा त शारीरिक हिंसाभन्दा पनि झन् पिरो र पेचिलो जो हुन्छ।
आमा बनेकोमा बधाईको सट्टा ओहो, बलात्कारी पो जन्माइस् सुन्नु जति नराम्रो लाग्छ, त्यति नै जटिल र गहिरो अनुभूति छ भनेर बुझिदिने समाज र संयन्त्र कहिले बन्ला खै ?
छोराछोरा भएका बाआमाले मैले कसरी असल बालक बनाउने होला, आजका संवेदनशील आमाबाले हुर्काएका छोरीहरुसँग कसरी वार्ता र सम्बन्ध बाँध्न सक्लान्, बुझ्न ढिलो भइसकेको छ। आज मेरी हजुरआमा, आमा, दिदी, बहिनी, साथी वा श्रीमती जस्तो लागेर भन्दा पनि उनी पनि यो पृथ्वीमा मजस्तै प्राकृतिक जीवन हुन् तर उनीसँग महिनावारी हुने, बच्चा पाउन सक्ने वा स्तनपान गराउन सक्ने थप क्षमता भएकाले उनी मभन्दा विशिष्ट छिन्, फरक छिन्, त्यसैले मेरोभन्दा धेरै अधिकारकी भागी उनी हुन् भनेर पुरुषहरुलाई बुझाउन ढिलो भएको छ। महिलाको शरीर राजनीतिक र मानव अधिकारका मुद्दाका रूपमा बहस र निष्कर्ष निकालिएन भने हाम्रो पुस्ताले माफी पाउने छैन।
हिंसा कसैले कसैलाई गर्नु हुँदैन र गर्न पाइँदैन पनि। महिलाहरु कमजोर हुन्छन् भन्ने धारणा पनि सही होइन। बरु, सामाजिक संरचनाले महिलाहरुलाई कमजोर सावित गर्दै विभेद र हिंसाको दलदलबाट उठ्न नदिइरहेको अवस्था हो। महिला आफैंले मात्र सक्षम हुन् खोजेर र भएर हुँदैन, उसको साझेदार पुरुषले पनि महिलाका सबै पक्षहरु बुझ्नु पर्दछ तब मात्र सामाजिक न्यायको संस्कार बसाल्न केही हदसम्म सकिन्छ।
नेपालमा पुरुषत्वको गजुर यत्रतत्र एकछत्र फैलिएको छ। घरदेखि संसदसम्म जकडिएको यो शासन संस्कार तोड्न सकिँदैन कि: सधैँ यस्तै र यत्तिकै भइरहने हो कि भनेर जिउ नै गह्रुँगो नहुने त होइन। तर, विशेष गरेर आमाबाबुहरू साँच्चैका ‘रोलमोडल’ भए भने छोराहरु असल पुरुष भएर र छोरीहरु कुनै पुरुषसँग नडराईकन हुर्कन सक्नेमा भने कुनै दुविधा छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकामा खानेपानी मिटरको सुरक्षाको जिम्मा घरधनी आफैँले लिन अनुरोध
-
तोलामा १ हजार ५०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको कति ?
-
काठमाडौँका ३ स्थानमा प्रदर्शन, १ सय १३ स्थानबाट ट्राफिक डाइभर्सन
-
एमाले जग्गा विवाद : न्यायाधीशद्वय चुडाल र सुवेदीको इजलासमा पेसी
-
क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीकर्तामा उत्साह : अर्थ मन्त्रालय
-
यसरी गर्न सकिन्छ कर्णालीमा सडक दुर्घटना न्यूनीकरण