तालिबानको आक्रमणमा ४ प्रहरी मारिए
आइतबार, ०७ भदौ २०७७, १९ : १७
कान्धाहार । दक्षिणी कान्धाहार प्रान्तमा विद्रोही तालिबान समूहले गरेको आक्रमणमा चार जना प्रहरी मारिएको सुरक्षा स्रोतले जनाएको छ । पाकिस्तानसँगको सीमास्थित प्रहरी जाँच चौकीमा तालिबान समूहले आक्रमण गरेको बताइएको छ ।
अफगान सरकारसँग वार्ताको तयारी हुँदै गर्दा तालिबान समूहले घातक आक्रमण गरेको हो । गत फेब्रुअरी २९ मा तालिबान र संयुक्तराज्य अमेरिकाबीच अफगानिस्तानमा शान्ति बहाली गर्नेसम्बन्धी महत्वपूर्ण सम्झौता भइसकेको छ ।
उक्त सम्झौतामा तालिबान समूहले आफगानिस्तानमा जारी हिंसात्मक कारबाहीलाई न्यून गर्ने, अफगान सरकारसँग शान्ति वार्ता गर्ने, अफगान कारागारमा बन्दी तालिबान लडाकूलाई मुक्त गर्ने, युद्धविराम गर्ने लगायतका विषय समेटिएका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर युद्ध : चीनले अमेरिकी सामानमा १२५% कर लगाएपछि ट्रम्पले के भने ?
-
६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ३० मेगावाट मात्रै उत्पादन
-
इटालियन सिरी’एमा एसी मिलानको शानदार जित
-
वैशाख पहिलो साता कर्णाली एजुकेशन एक्स्पो हुने
-
यसरी बन्दैछ त्रिवि मैदानमा प्यारापिट, तस्बिरहरू
-
ला लिगामा ३१ औं चरणका खेल सुरु, भ्यालेन्सियाले सेभियालाई हरायो