धनुषामा पुनः ७ दिनका लागि निषेधाज्ञा थपियो

जनकपुर । जिल्ला प्रशासन कार्यालय धनुषाले पुनः एक हप्ताका लागि निषेधज्ञा थप गरेको छ । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि आईतबार मध्यराति १२ः०० बजे देखि भदौँ १४ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।
नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराउनका लागि स्थानीय प्रशासन ऐन दफा २०२८ को ६९३० अनुसार सो आदेश जारी गरिएको जनाइएको छ । निषेधाज्ञा अवधिमा बिहान १०ः०० बजेसम्म मात्र पसल सञ्चालन गर्न पाउने समेत प्रजिअ भट्टराईले जानकारी दिए ।
व्यापार तथा व्यवसाय सञ्चालन गर्दा बिक्रेताले पञ्जा, मास्क र स्यानिटाइजर प्रयोग गर्नुका साथै सामाजिक दूरी कायम गर्नुपर्ने र क्रेतालाई अनिवार्य रुपमा मास्क प्रयोग गर्ने आग्रह समेत उनले गरे । धनुषामा अहिलेसम्म कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले यही साउन १९ गतेदेखि शुरु गरेको एक साताको निषेधाज्ञाको अवधिलाई एक साताको लागि थपेको छ ।
धनुषामा अहिलेसम्म १ हजार २ सय ३१ जना संक्रमित छन् भने १० जनाको मृत्युसमेत भइसकेको छ । त्यस्तै ४ सय ४० जना सक्रिय संक्रमितमध्ये ८० जना आइसोलेसनमा छ भने ३ सय ६० जना होम आइसोलेसनमा रहेका जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम