शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुटवलको कोरोना अस्पतालमा थप दुई जनाको मृत्यु

आइतबार, ०७ भदौ २०७७, १६ : ०६
आइतबार, ०७ भदौ २०७७

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत रुपन्देही समरीमाई गाउँपालिका २ का ३८ वर्षीय पुरुष र बुटवल उपमहानगरपलिका–१ की ६७ वर्षीया महिलाको आज मृत्यु भएको अस्पतालले जनाएको छ । 

अस्पतालका फोकल पसर्न डा सुर्दशन थापाले ती दुवै जना कोरोना संक्रमित रहेको र उनीहरुको भेन्टीलेटरमा राखेर उपचार गर्दागर्दे मृत्यु भएको रातोपाटीलाई बताए ।

बुटवल १ निवासी ६७ वर्षीया महिलामा भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएकी थिइन्। यस्तै समरीमाई गाउँपालिका–२ का ३८ वर्षीय पुरुष यही भदौ १ गते संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएका थिए। 

मतक महिलामा मृर्गौला र उच्चरक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ। उनमा आइतबार बिहानदेखि स्वास्थ्यमा गम्भीर समस्या आएको र थप उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।   यसअघि कोराना बिशेष अस्पतालमा कपिलबस्तुका दुई जना र प्युठानका एक जनाको मृत्यु भएको थियो । आजको मृत्युसगै उक्त अस्पतालमा कोरोना संक्रमणबाट  ५ जनाको ज्यान गएको डा. थापाले बताए । मृतक दुबै जनाको शव व्यवस्थापन नेपाली सेनाले गर्ने तयारी गरेको अस्पतालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप