गुल्मीमा बिरामी चितुवाको उद्धार

गुल्मी । गुल्मीमा बिरामी चितुवाको उद्धार गरिएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ६ को अर्जैको खेतमा विरामी परेर वेहोस अवस्थामा लडेको उक्त चितुवा जिल्ला वन कार्यालयका कर्मचारीले देखेपछि उसको उद्धार गरेका हुन् ।
वेहोस अवस्थामा खेतमा लडेको चितुवा बिरामी परेको होला भनि होशियारीपूर्वक समातिएको मदाने मालिका वन शव डिभिजन कार्यालयका प्रमुख रामबहादुर घलानले बताए । खेतको गरामा बेहोसजस्तै अवस्थामा देखियो । टाढैबाट लामो लौराले घोचेर आक्रमण गर्छकि गर्दैन भनेर परीक्षण गरियो । उसले कुनै प्रतिकृया नजनाएपछि पहिला उसको खुट्ठा बाँधेर खोरमा राखि ल्याइएको हो’ घलानले भने ।
जिल्ला वन कार्यालयकी सहायक वन अधिकृत सविना केसीले अहिले उक्त चितुवा चल्ने र कराउने गर्न थालेको छ । ‘पशु सेवा कार्यालयबाट ल्याएर औषधी खुवाइएको छ । के भएर उ लठ्ठिएको हो भन्ने खुलेको छैन ।’ चितुवा पूर्णरुपमा निको भए फेरि त्यसै वनमा छाडिने, निको नभए थप उपचारका लागि राष्ट्रिय निकुन्जतिर पठाइने सहायक वन अधिकृत केसीले बताइन् ।
अर्का सहायक वन अधिकृत घलानकाअनुसार त्यस चितुवाको उमेर बढीमा ३ बर्ष भएको हुनुपर्छ । पुच्छ्र सहित उसको लम्वाई करिव ६ फिट रहेको छ भने तौल २० किलो जति अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म