शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

करण जोहर ट्वीटरमा फिर्ता भएलगत्तै हुनथाले नराम्रोसँग ट्रोल

आइतबार, ०७ भदौ २०७७, १४ : २२
आइतबार, ०७ भदौ २०७७

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि नेपोटिजमको मुद्दाको विषयमा सोसल मिडियामा चर्चित फिल्मनिर्माता करन जोहरमाथि कंगना रनौतका साथै थुप्रै सोसल मिडिया प्रयोगकर्ताले प्रश्न उठाए । यस्तै करन जोहरले बहसमाथि कुनै पनि प्रतिक्रिया दिएका छैनन् । यतिमात्रै होइन, उनले दुई महिनासम्म आफूलाई सोसल मिडियामा अलग पारे । अब उनी बिस्तारै सोसल मिडियामा फिर्ता भइरहेका छन् । गत शनिबार उनले ट्वीटरमा फिर्ती जनाए तर यसपटक पनि उनले ट्रोलिङको सामना गर्नुपर्यो । महिनौंपछि गरिएको उनको ट्वीटर पोस्टमा विभिन्न प्रतिक्रिया आइरहेका छन् जसमा प्रयोगकर्ताले करनलाई विभिन्न प्रश्नले घेरिरहेका छन् ।

करनले केही दिन अघि भारतको स्वतन्त्रता दिवसको मौकामा इन्स्टाग्राममा पोस्ट गरेका थिए । यसका साथै उनले शनिबार भगवान गणेशको फोटो सेयर गरेका थिए । यो फोटोसहित करन जोहरले लेखे, ‘भगवान गणेशको शक्तिले सबै खराब तत्वबाट तपाईं र तपाईंको परिवारलाई रक्षा गरुन् । यो शक्तिले सकारात्मकता फैलाओस् र प्रेम मात्र फैलाओस्... कृपयाा सुरक्षित रहनुहोस् ।’

उनको यहि पोस्टमा थुप्रैले तथानाम भनेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘करन जोहर बलिउडमा नेपोटिजमका राजा हुन् ।’ यसका साथै थुप्रै प्रयोगकर्ताले यो ट्वीटमा करण जोहरको निर्माणमा बनेको सबै चलचित्रलाई बहिष्कार गर्ने पनि बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप