बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एक्विजिशन पछि एनएमबि बैंक र कञ्चन विकास बैंकले सुरु गरे एकिकृत कारोवार

आइतबार, ०७ भदौ २०७७, १२ : २९
आइतबार, ०७ भदौ २०७७

काठमाडौं । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरि यहि भाद्र ७ बाट एकीकृत वित्तीय कारोवारको शुभारम्भ गरको छ । 

यस प्राप्ति पश्चात बैंकको चुक्ता पुँजी १४.४५ अर्र्व तथा जगेडा कोषको आकार ७.३५ अर्वमा बृद्घि भएको छ । प्राप्ति पश्चात बैंकको नाम “एनएमबि बैंक लि.” नै रहने छ भने रजिष्ट्रर्ड÷मुख्य कार्यालय साविककै बबरमहल काठमाडौंमा रहेको छ ।

एकीकृत वित्तीय कारोवारको थालनीसँगै, एनएमबि बैंककोे सबै प्रादेशिक संरचनामा सन्तुलित सञ्जालको विस्तार भई बैंकको ब्राण्ड (चिनारी) समेत बलियो रुपमा स्थापति हुनेछ । जसले सहरोन्मुख र ग्रामीण क्षेत्रका जनतामा वित्तीय पहुँच पु¥याउने बैंकको दिगोको लक्ष्य प्राप्त गर्न सरोकारवालाहरुसँगको सहकार्यलाई अघि बढाउन मद्दत गर्नेछ । 

एनएमबि बैंकमा Financierings-Maatschappij Voor Ontwikkelings landen N. V. (एफ.एम.ओ.), कर्मचारी संचय कोष लगायतका संस्थाहरुको समेत लगानी रहेको छ । एफ.एम.ओ. निदरलैण्डस् अन्तर्राष्ट्रिय रुपमा राम्रो छवी भएको स्ट्याण्डर्ड र पोर तथा फिट्च जस्ता संस्थाहरुले एएए रेटिङ्ग गरेको निदरलैण्ड सरकार समेतको लगानी रहेको अन्तर्राष्ट्रिय बिकास बैंक हो । 

एफ.एम.ओ.सँगको गठबन्धनले बैंकलाई वातावरणीय र सामाजिक जोखिमहरू प्रबन्ध गर्न र नवीकरणीय उर्जा, साना तथा मझौला कर्जाहरु र कृषि व्यवसायमा प्रमुख सम्बाहकको रूपमा प्रस्तुत गर्न सघाउ पु¥याएको छ । यस बैंक बैंक अफ द ईयर – २०१७  र बैंक अफ द इयर – २०१८ द्वारा लगातार पुरस्कृत गरिएको बैंक हो  ।

कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउण्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्नेछ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप