शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा ३ सय बेडको आइसोलेशन सञ्चालन, पिसिआर केही दिनमै

आइतबार, ०७ भदौ २०७७, ११ : १३
आइतबार, ०७ भदौ २०७७

रौतहट । रौतहटमा तीन सय बेड क्षमताको सुविधा सम्पन्न आइसोलेशन सञ्चालनमा आएको छ । प्रजिअ इन्द्रदेव यादवको पहलमा देवाही गोनाही नगरपालिका धरहरीस्थित जयकिसान पोलिटेक्निकल क्याम्पसको भवनमा शनिबार साँझदेखि तीन सय शैय्याको आइसोलेशन सञ्चालनमा आएको हो ।

जिल्लामा कोरोनाभाइरस संक्रमितको संख्या बढदै गएपछि जिल्ला संकट व्यवस्थापन समितिको निर्णयले १८ वटै स्थानीय तहसँग तत्काल ५ लाख रुपैयाँ माग गरेको थियो । माग अनुसार १८ मध्ये कटहरिया, बौधिमाई, गढिमाई, गौरलगायत ७ स्थानीयतहले सनिवार शुक्रबार सम्म जिल्ला अस्पताल विकास समितिको खातामा जम्मा गरेपछि आईसोलेसन सञ्चालन भएको डाक्टर कृष्ण साहले जानकारी दिए ।

शनिवार प्रजअ ईन्द्रदेव यादव, जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्का, सशस्त्रका एसपी सूर्यसेन ओली, अनुसन्धानका एसपी अभिनय सिंह, नेपाली सेनाका कर्णेल सामन्तध्वज खाँण र केही नगर प्रमुखहरुले शनिवार संयुक्त निरीक्षण गरे पश्चात् आइसोलेशन सञ्चालनमा आएको हो ।

आइसोलेसनमा बस्ने बिरामीको एकजना मेडिकल अधिकृतको मातहतमा ४ जनाको टोलीले उपचार गर्ने डाक्टर कृष्ण साहले जानकारी दिए ।

त्यसैगरी प्रदेश २ को सामाजिक विकास मन्त्रालयले उपलब्ध गराउन लागेको पिसिआर जाँच मेसिन अगामी दुई साताभित्र सञ्चालन भैसक्ने डाक्टर साहले बताए ।

रौतहटमा हालसम्म कुल १५ सय १५ कोरोना संक्रमित मध्ये एकसय ५० बिरामी सक्रिय रहेको तथा अन्य कोरोना जितेर घर फर्किसकेको जिल्ला अस्पताल गौरका प्रमुख डाक्टर कृष्ण साहले जानकारी दिएका छन् । संक्रमित मध्ये ६ जना धरहरी आइसोलेशन, केही गौर, चन्द्रपुर, कटहरिया आइसोलेसनमा र केही होम आईसोलेसनमा रहेका छन । कोरोनाबाट रौतहटमा हालसम्म ३ जना र एकजनाको शंकास्पद मृत्यु भएको जिल्ला प्रशासनको तथ्याङ्कमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप