सुशान्तले आत्महत्या गरेको अघिल्लो रात कोठामा बत्ति बालिएको थिएन, यस्तो पहिले कहिले भएको थिएनः छिमेकी

सुशान्त सिंह राजपूतको केसमा सिबिआईले नयाँ ढङ्गले अनुसन्धान गरिरहेको छ । यो मामिलामा अब सुशान्तको बान्द्रास्थित बिल्डिङमा बस्ने एक महिला छिमेकीको बयान चर्चामा आएको छ । ।
सुशान्त बस्ने बिल्डिङमै एक महिलाले १३ जून (सुशान्तले आत्महत्या गर्नु अघिल्लो दिन)मा सुशान्तको कोठाको बत्ति बन्द भएको बताएकी छिन् । उनले भनिन्, ‘किचनको बत्ती मात्रै बलेको थियो । यसरी बत्ति कहिले पनि बन्द भएको थिएन । सुशान्तको कोठाको बत्ती धेरैजसो बिहान ४ बजेसम्म बलिरहन्थ्यो । तर त्यो रात साढे १० बजे नै बत्ति निभेको थियो । १३ जूनको राती सुशान्त सिंह राजपूतको घरमा कुनै पार्टी थिएन । त्यो दिन केही न केही गलत भएको मलाई शंका छ ।’
छिमेकी महिलाको बयानलाई सुशान्त सिंह राजपूत मामिलामा निकै महत्वका साथ हेरिएको छ ।
अर्कोतर्फ सुशान्तको केसमा सिबिआईले आफ्नो अनुसन्धान तीब्र बनाएको छ । सुशान्तको बान्द्रास्थित फ्ल्याटमा सिबिआइएको समूह उपस्थित छ । करिब १२ फोरेन्सिक विज्ञ, ६–८ सिबिआई अधिकारीले मृत्युको दिनलाई रिक्रिएट गरेका छन् । यो पूरा प्रक्रियाको भिडियो पनि बनाइँदैछ । सिन रिक्रिएटका लागि डमीको प्रयोग गरिएको छ । सिबिआईको फोरेन्सिक टिमसँगै सुशान्तका कुक निरज र साथी सिद्धार्थ पिठानी पनि छन् । यी दुईले त्यो दिन के भएको थियो भनेर जानकारी दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा रेबिज भ्याक्सिनको चरम अभाव, बिरामीहरू महँगोमा निजी क्लिनिक जान बाध्य
-
वर्षमान र जनार्दनलाई दायाँबायाँ लगाएर मर्निङवाकमा प्रचण्ड
-
आजदेखि माओवादीको तराई–मधेस जनजागरण अभियान ः के–के हुँदैछ ?
-
पाकिस्तानको भविष्य तय गर्ने न्युजिल्याण्ड र बंगलादेशको भिडन्त आज
-
बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै
-
भारत र पाकिस्तानबिचको खेलमा बने यी रेकर्ड