शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकै तीव्र गतिको इन्टरनेट : नेटफिल्क्सको सबै कुरा एकै सेकेन्डमा डाउनलोड !

आइतबार, ०७ भदौ २०७७, ०९ : ४२
आइतबार, ०७ भदौ २०७७

यदी तपाईंलाई तपाईंले प्रयोग गर्ने इन्टरनेट निकै सुस्त लाग्छ भने विश्वकै सबैभन्दा तीव्र गतिको इन्टरनेटबारे सुन्नुभयो भने झनै खराब लाग्न सक्छ ।

युनिभर्सिटी कलेज लण्डनका शोधकर्ताहरुले विश्वकै तीव्र गतिको इन्टरनेटमा नयाँ कीर्तिमान बनाएका छन् । सो गति १७८ टेराबाइट्स प्रति सेकेन्ड (टीबीपीएस) अर्थात् १ लाख ७८ हजार जीबी प्रतिसेकेन्ड रहेको थियो । छिमेकी मुलुक भारतमा इन्टरनेटको औसत गति २ एमबी प्रति सेकेन्ड रहेको छ ।

उक्त परियोजना रोयल एकाडेमी अफ इन्जिनियरिङका डा. लिडिया गाल्डिनो, एक्सटेरा र किडी रिसर्चले तयार गरेको छ । यसअघि विश्वकै तीव्र गतिको इन्टरनेट अस्ट्रेलियामा दर्ता गरिएको थियो । सो बेला इन्टरनेटको गति ४४.२ टीबीबीएस रहेको थियो । अहिले दर्ता गरिएको गति चार गुणा बढी रहेको छ ।

यति तीव्र गतिको इन्टरनेटले तपाईं के गर्न सक्नुहुन्छ ? तपाईंले नेटफिल्क्समा भएको सबै कुरा मात्र एक सेकेन्डमा डाउनलोड गर्न सक्नुहुन्छ ।

यस्तो तीव्र गतिको इन्टरनेट प्राप्त गर्न शोधकर्ताहरुले अप्टिक फाइबरको साटो उच्च रेन्जको वेभलेन्थ लागू गरेका थिए र नयाँ प्रविधिको प्रयोग गरेर सिग्नललाई टाढासम्म बुस्ट गरेका थिए ।

यस्तो तीव्र गति प्राप्त गर्न धेरै खर्च लाग्ने अनुमान गरिनु स्वभाविक हो । तर, शोधकर्ताहरु भने यो प्रविधिको प्रयोग गर्न अप्टिक फाइबरको प्रयोग भन्दा सस्तो हुने बताउँछन् । यद्यपि, यो प्रविधि प्रयोगकै चरणमा रहेको छ र सर्वसाधारणले चाँडै यो प्रविधिको प्रयोग गर्न पाउने सम्भावना कम रहेको छ ।

स्रोत : हिन्दुस्तान टाइम्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप