शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डब्ल्यूएचओले जारी गर्‍यो बालबालिकाका लागि मास्क लगाउने नयाँ नियम

आइतबार, ०७ भदौ २०७७, ०६ : २५
आइतबार, ०७ भदौ २०७७

विश्व स्वास्थ्य संठनले कोरोनाभाइरस महामारीमा १२ वर्षभन्दा माथिका बालबालिकाका लागि मास्क लगाउने विषयमा नयाँ नियम जारी गरेको छ ।

डब्ल्यूएचओले जुन जुन देशमा वयस्कका लागि जे जस्तो नियम लागू गरिएको छ त्यहि नियम १२ वर्ष माथिका बालबालिकामा पनि लागू गर्नुपर्ने निर्देशन दिएको छ ।

शीर्ष स्वास्थ्य अधिकारीले बालबालिकाले कति मात्रामा भाइरस फैलाउँछन् भनेर स्वष्ट नभएको तर किशोर–किशोरीले झैं बालबालिकाले पनि त्यति नै भाइरस फैलाउने प्रमाण भेटिएको जानकारी दिए ।

डब्ल्यूएचओले ५ वर्ष र त्योभन्दा कम उमेरका बालबालिकाले भने मास्क लगाउन नहुने बताएको छ । साथै ६ देखि ११ वर्षका बालबालिकालाई मास्क लगाउन र फुकाल्न परिवारले मद्दत गरिदिन र स्थान हेरेर उनीहरुको हेरविचार गरिदिन आग्रह गरेको  छ ।

साथै, डब्ल्यूएचओले ६० वर्षभन्दा कम उमेरका मानिसहरुले कपडाको मास्क लगाउनुपर्ने र त्योभन्दा धेरै उमेर भएकाम र अन्य रोगबाट ग्रसित व्यक्तिहरुले मेडिकल मास्क लगाउनुपर्ने जानकारी दिएको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप