घटेन जोखिमः उपत्यकामा अहिलेसम्मकै धेरै सङ्क्रमित

काठमाडौंँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जना कोरोना भाइरस सङ्क्रमित देखिएका छन् । काठमाडौँमा १६०, ललितपुरमा छ र भक्तपुरमा ५० गरी २१६ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबार १७२ जनामा कोरोना देखिएकोमा शनिबार यो सङ्ख्या ह्वात्तै बढेको हो । शनिबार देशभर १८२ महिला र ४५२ पुरुष गरी कुल ६३४ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
घटेन जोखिम
निषेधाज्ञा जारी गरे पनि काठमाडौंँमा कोरोना सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । जनस्वास्थ्यविद्ले काठमाडौंँमा कोरोनाले जटिल रूप लिन सुरु गरिसकेको चेतावनी दिएका छन् । व्यवस्थापकीय कमजोरीका कारण काठमाडौंँ उपत्यका लगायतका स्थानमा कोरोना सङ्क्रमित बढिरहेको आरोप उनीहरूको छ ।
भियतनाम, थाइल्यान्ड, कम्बोडिया, लाओस जस्ता देशमा नयाँ सङ्क्रमित शून्य भई विद्यालय, कलेज सञ्चालन भई जनजीवन सामान्य अवस्थामा आइपुगेको भन्दै ती देशका नागरिकले जनस्वास्थ्यका मापदण्ड पूरा गरेको हुनाले अवस्था सामान्य भएको उनीहरूको बुझाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षाको मौसम : आज यी प्रदेशमा वर्षादेखि हिमपातसम्मको सम्भावना
-
नयाँ वर्षको पहिलो दिन यस्तो छ विदेशी मुद्राको दरभाउ
-
नयाँ वर्षमा राष्ट्रपतिको शुभकामना : सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त
-
आजदेखि नववर्ष अर्थात् २०८२ प्रारम्भ
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग