बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानद्वारा तालिबानमाथि प्रतिबन्धको घोषणा

शनिबार, ०६ भदौ २०७७, २३ : १९
शनिबार, ०६ भदौ २०७७

एजेन्सी । पाकिस्तानले अफगानिस्तानको तालिवान समूहविरूद्ध ठूलो आर्थिक प्रतिबन्धको घोषणा गरेको छ ।  छिमेकी मुलुकमा अमेरिकाको नेतृत्वमा रहेको शान्ति प्रक्रियाको चर्चा भइरहेका समय पाकिस्तानले अफगानी विद्रोही समूहका कैयौँ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको हो । 

शुक्रवार दिउँसो सार्वजनिक गरिएको उक्त आदेशमा तालिबानका प्रमुख शान्ति वार्ताकार अब्दुल घानी बरादर र हक्कानी परिवारका थुप्रै सदस्यलगायत दर्जनौं व्यक्ति रहेका छन् । पाकिस्तानी निर्णयका कारण वर्तमान हक्कानी सञ्जाल प्रमुख र तालिबानका उप–प्रमुख सिराजुद्दीनले पनि प्रतिबन्धको सामना गर्नुपर्ने छ । प्रतिवन्धित समूहको सूचीमा तालिवानबाहेक अरू पनि रहेका छन् ।

अन्तर्राष्ट्रिय सम्पत्ती शुद्धिकरणलाई निगरानी गर्ने र आतङ्कवादी समूहको गतिविधि ट्रयाक गर्ने वित्तीय कारबाही कार्यदल (एफएटीएफ) द्वारा कालोसूचीबाट उम्किने प्रयास स्वरूप पाकिस्तानको यो आदेश जारी भएको नाम उल्लेख नगर्ने शर्तमा एक पाकिस्तानी अधिकारीले सुरक्षाकर्मीले बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप