हुम्लाका १२८ वटै पिसिआर रिपोर्ट नेगेटिभ

हुम्ला । कोरोना सङ्क्रमणको पछिल्लो अवस्था बुझ्नका लागि जिल्लामा पछिल्लोपटक सङ्कलन गरिएका स्वाबको नमूना परीक्षणको नतिजा नेगेटिभ आएको छ ।यही भदौ १ गते जिल्लाका विभिन्न क्षेत्रका १२८ स्वाबको नमूना सङ्कलन गरिएको थियो । ती सबै नमूनाको परीक्षण नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका डा टसी लामाले जानकारी दिनुभयो । भदौ २ गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको पिसीआर परीक्षणको नतिजा नेगेटिभ आएको हो ।
पछिल्लो समय देशका विभिन्न क्षेत्रमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अनपेक्षितरूपमा बढेपछि बढी जनसम्पर्कमा आउने कार्यालय, वित्तीय संस्था, शैक्षिक संस्था, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीको प्रतिनिधित्व हुने गरेर पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।
अहिलेसम्म जिल्लामा कोरोना पोजेटिभ नदेखिएको हुम्लामा पछिल्लो समयमा गरिएको पिसीआर परीक्षणले समेत ग्रिनजोनकै रूपमा रहेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र हुम्लाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए ।
सिमकोट गाउँपालिका र जिल्ला अस्पताल हुम्लामा मौज्दात रहेको पिसीआर किटका आधारमा गरिएको १२८ जनाको नतिजा नेगेटिभ आउनुले हुम्ला ग्रिनजोनकै रूपमा रहेको बताए । हवाई तथा स्थलमार्ग भएर जिल्लामा आउने यात्रुलाई सरकारले तोकेको मपदण्ड अनुसार क्वारेन्टिनमा राखेर आवश्यक सावधानी अपनाएको खण्डमा जिल्लालाई ग्रिनजोनकै रुपमा राख्न सकिने दाबी प्रजिअ गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू