आइतबार काठमाडौंका यी स्थानमा काटिदैछ विद्युत्
शनिबार, ०६ भदौ २०७७, २२ : २७

काठमाडौं । नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएको विद्युत् कटौती गर्न लागिएको हो ।
प्राधिकरणले बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपा चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणले ती क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ । तोकिएको कार्य समय अगावै सम्पन्न भएको खण्डमा प्राधिकरणले उक्त समय अगावै विद्युत् आपूर्ति हुने प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो ट्रम्पप्रतिको जन समर्थन, ट्रम्पले आफूलाई बलियो बनाउँदै लगेपछि चिन्तित जनता
-
कति पारिश्रमिक पाउँछन् आईपीएलका चियरलिडर्सले ?
-
धरापमा छ टाइगर श्राफको ज्यान ?
-
९ महिनामा ३१ अर्बको तरकारी आयात
-
अन्तर्राष्ट्रिय सैन्य अभ्यासमा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई जङ्गी अड्डामा सम्मान
-
पोप फ्रान्सिसको अन्त्येष्टि शनिबार हुने