निजी अस्पताल र चिकित्सकको गुनासो : कोरोना महामारीमा पनि सरकारले अपमानित गर्यो
काठमाडौं । एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) तथा नेपाल मेडिकल एशोसियसनले राष्ट्रसँग हातेमालो गरि कोभिड १९ को महामारीमा सेवा उपलब्ध गराउन प्रतिवद्ध रहेको छ ।
अफिन र नेपाल मेडिकल एशोसियसनको संयूक्त बैठकले नेपालमा लकडाउन सुरु हुनासाथ स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा निजी अस्पतालहरुले आ आफ्नो श्रोत साधन उपलब्ध गराउने प्रतिवद्धता सहितको प्रस्ताव समेत पेश गरेको तर सरोकारवालाहरुबाट निजी अस्पतालहरुसँग सहकार्य गर्न कहिल्यै पहल नगरेको विषयमा पनि समिक्षा गरेको छ ।
राष्ट्रमाथिको समस्या सम्पूर्ण स्वास्थ्य क्षेत्रमा कार्यरत नेपालीहरुको साझा समस्या भएको भन्दै यस्तो भयावह स्थितिमा अफिन र नेपाल मेडिकल एशोसियसन सरकारसँग सहकार्य गर्न उत्सुक रहेको अफिनका अध्यक्ष बसन्तकुमार चौधरी र मेडिकल एशोसियसनका अध्यक्ष डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकारले अपमानित हुने ढंगबाट निजी अस्पताललाई गरिने व्यवहार गरेको निष्कर्ष निकाल्दै बैठकले चिकित्सकहरुको मनोवल घटाउने व्यवहार तत्काल बन्द गर्न भनेको छ ।
सम्मानजनक रुपमा औपचारिक वार्ता गर्ने वातावरणका लागि सरकारलाई जानकारी गराउने सयुक्त बैठकको निर्णय छ । कोभिड(१९ महामारीमा अफिन र मेडिकल एशोसियसन सम्पूर्ण नेपालीहरु उपचारमा दत्तचित्त रहेको र आप्mनो साधन श्रोतको अधिकतम उपयोग गरि सेवामा सधैं उपस्थित रहने बैठकको प्रतिवद्धता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री डा.राणा चीनको छन्दुमा
-
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन आह्वान
-
शिक्षक–कर्मचारी र नेपाल खुला विश्वविद्यालयबिच ४ बुँदे सहमति, तालाबन्दी खुल्यो
-
कोशी प्रदेशका राज्यमन्त्री राईको सवारी दुर्घटना
-
पोखराका मेयरले बोलाए विशेष नगरसभा, अदालतमा भएको मुद्दा नगरसभाले खारेज गर्दै
-
काठमाडौँ–१६ मा चुनावी परिणाम आफ्नो पोल्टामा पार्न दलहरूको तीव्र दौडधुप