कोरोनाबाट ६ वर्षीया बालिकाको मृत्यु
शनिबार, ०६ भदौ २०७७, १८ : ३४
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जना व्यक्तिको कारोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । जसमा ६ वर्षीय बालिका समेत रहेकी छिन् ।
मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सुनसरीमा ६ वर्षीय बालिकाको मृत्यु भएको जानकारी दिए ।
यस्तै सुनसरीकै ६७ वर्षका पुरुषको मृत्यु भएको छ । त्यस्तै पर्सामा ४८, ५८ र ६१ वर्षका तीन जना पुरुषहरुको मृत्यु भएको छ । बारामा १ जना ५८ वर्षीय पुरुष, सिराहामा ६८ वर्षीय पुरुष, मकवानमुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको पनि कोभिड १९ संक्रमणबाट मृत्यु पुष्टि भएको उनले बताए । यससँगै नेपालमा कोभिड १९ संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैत्रीपूर्ण खेलमा नेपालद्वारा अफगानिस्तान पराजित
-
‘जनताबाट म्यान्डेट लिएर मात्रै संविधान संशोधन गर्नुपर्छ’
-
उपनिर्वाचनमा महिन्द्रा राय नेतृत्वको नेसपाले माओवादी केन्द्रलाई सहयोग गर्ने
-
कर्णाली प्रदेश अस्पतालको निर्देशकमा ढकाल नियुक्त
-
विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक छ : मन्त्री भण्डारी
-
६ सय एक हप्ता सफाइ गर्दा पनि वाग्मतीको अवस्था उस्तै