८ घण्टा बसेर सकियो नेकपा कार्यदलको बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलको बैठक सकिएको छ ।
झण्डै ८ घण्टा बसेको बैठकपछि कार्यदलले आजै दुई अध्यक्षलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीभित्र उठेका विभिन्न विषय वस्तुलाई मसिनो गरी छलफल गर्दै दस्तावेजीकरण गरेको हो ।
बैठक सकेर कार्यदल सदस्यहरु पौने तीन बजे खाना खान बालुवाटारबाट निस्केका छन् ।
कार्यदलले गत शनिबारबाट काम सुरु गरेको हो ।
गत शुक्रबार दुई अध्यक्ष केपी शमा ओली र पुष्पकमल दाहाल प्रचण्डले महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । उक्त कार्यदललाई सोमबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको थियो ।
कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवै पदबाट राजीनामा नगराउनेगरी सहमतिको प्रस्ताव तयार गरिएको बुझिएको छ ।
त्यस्तै कार्यदलको प्रतिवेदनमा दुवै अध्यक्षको कार्यविभाजन, मन्त्रिपरिषद सदस्यहरुको हेरफेर, प्रदेश सरकार पुनर्गठन, नियुक्ति, सिफारिस लगायत विषयमा पार्टीमा छलफल गरेर मात्रै सरकारले निर्णय गर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको श्रोतको दावी छ ।
त्यस्तै प्रतिवेदमा एकता महाधिवेशन आगामी चैत महिनामै गर्नु उपयुक्त हुने सुझाव समेटिएको बुझिएको छ ।
कार्यदलले बुझाएको प्रतिवेदन सचिवालयमा छलफल गरेर स्थायी कमिटीले अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने नेकपाका नेताहरुको तयारी छ ।
गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक पार्टीभित्रको विवादका कारण साउन १८ पछि बस्न सकेको छैन ।
नेकपामा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरुले ओलीको राजीनामा मागेपछि विवाद चर्किएको थियो । सोही विवादका कारण पार्टी नै विघटनको अवस्थामा पुगेपछि दुई अध्यक्षबीच कार्यदल गठन गरेर त्यसको सुझावका आधारमहमता पार्टी र सरकार सञ्चालन गर्न सहमत बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषध र २ लाख नगद सहित युवती पक्राउ
-
कर्णालीमा प्रतिपक्षले बजेटलाई किन मान्यो ‘अवैध’ ?
-
पहिला खेल मैदानमा पसिना बगाए, अहिले खेलकुद हाँक्ने जिम्मा पाए
-
सर्वोच्चले एनआरएनएको १० औँ महाधिवेशन रद्द गर्ने आफ्नै फैसला पुनरवलोकन गर्ने
-
'टेक एण्ड पे' पीपीए संशोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्यो आन्दोलन
-
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा