बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा

शनिबार, ०६ भदौ २०७७, १३ : ५३
शनिबार, ०६ भदौ २०७७

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । थारु समुदायले मनाउँदै आएको अतबारी पर्वको अवसरमा प्रदेश सरकारले आइतबार सार्बजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब कृष्ण बहादुर राउतले जानकारी दिए । 

उनका अनुसार गत जेठ २३ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठेकले श्रावण १९ गते सोमबार रक्षाबन्धन, भाद्र ७ गते आइतबार अतबारी, पौष २९ गते बुधबार भुवा पर्व र चैत्र २३ गते सोमबार खखडेहरा पर्वमा बिदा दिने निर्णय गरेको थियो ।  सोही निर्णय अनुसार भोलि अतबारी पर्वको बिदा परेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप