बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खोलाले बगाएर १२ वर्षीया बालिकाको मृत्यु

शनिबार, ०६ भदौ २०७७, १३ : १९
शनिबार, ०६ भदौ २०७७

राप्ती नगरपालिका वडा नं १३ कान्दामा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी १२ वर्षीया सम्झना चेपाङ्ग रहेकी छन् ।

राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार आमा छोरी मकै भाँच्न जाँदा छोरीलाई खोलाले बगाएको हो । 

खोलाले चेपाङ्गलाई शुक्रबार दिउँसो बगाए र राति अबेर उनको शव भेटिएको बरालले जानकारी दिए । घटना स्थलमा आज प्रहरी जाँदै गरेको उनले बताए ।

चितवन र धादिङको सिमानामा पर्ने सो ठाउँ  भण्डारादेखि उत्तरमा पर्दछ । उक्त स्थामान पुग्न सडक अफ्ठ्यारो रहेको छ । 

बाटो बिग्रेका कारण गाडी नचल्दा पैदलै जानुपर्ने भएकाले समय लाग्ने प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप