शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई बिधिबाट गरिएको जाँचबाट सुदूरपश्चिममा १५ हजार ३२७ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार, ०६ भदौ २०७७, १२ : ०७
शनिबार, ०६ भदौ २०७७

कैलाली – सुदूरपश्चिम प्रदेशमा पिसिआर र आरडीटी बिधिबाट १ लाख ७४ हजार ७४१ जनाको जाँच गर्दा १५ हजार ३२७ जना कोरोना संक्रमित फेला परेका छन् ।

जाँच गरिएका आरडीटी बिधिबाट १० हजार १९२ र पिसिआर बिधिबाट ५ हजार १३५ जना कोरोना संक्रमित फेला परेका हुन् ।

पिसिआर बिधिबाट ५० हजार ५१ जनाको जाच गरिएको छ भने आरडिटी बिधिबाट १ लाख २४ हजार ६९० जनाको जाच गरिएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ ।

पिसिआर बिधिबाट फेला परेका पोजेटिभ संक्रमितमा  अछाम ७९५, बैतडी ३२६, बझाङ्ग २८५, बाजुरा ४५२, डडेल्धुरा ३०९, दार्चुला ४३, डोटी ८४४, कैलाली १४६० र कंचनपुर ६२१ रहेका छन् ।

आरडीटी बिधिका फेला परेका संक्रमितमध्ये अछाम १२४४, बैतडी १११०, बझाङ्ग ६३५, बाजुरा, १६४८, डडेल्धुरा ५८६, दार्चुला १६१, डोटी १५६१, कैलाली १८२० र कंचनपुर १४२७ रहेका सामाजिक बिकास मन्त्रालयका स्वास्थय महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलाई जानकारी दिए । 

पिसिआर बिधिबाट गरिएका पाजेटिभ संक्रमितमध्ये यसअघि ४ हजार ३७४ जना निको भएर घर गइसकेका छन भने ११ जनाको मृत्यु भईसकेको उनले बताए । 

शुक्रबार डोटी, डडेल्धुरा,  सेती प्रादेशिक अस्पताल प्रयोग शालाबाट गरिएको परिक्षणमा ९३ जना कोरोना संक्रमण पुष्टि भएको कार्कीले जानकारी दिए । 

उनका अनुसार सेती प्रादेशिक अस्पतालबाट १५ महिला र २१ पुरुषमा संक्रमण पुस्टी भएको छ भने डोटी र डडेल्धुरा अस्पताल बाट गरिएको परिक्षणमा ३६ पुरुष र २१ महिलामा संक्रमण पुष्टि भएको बताए ।

सेतीप्रादेशिक अस्पतालबाट २४ घण्टामा ४२६ जनाको जाच गर्दा ३६ जनामा संक्रमण पुस्टी भएको उनले बताए । 

अझै क्वारेन्टाईनमा २ हजार ४०८ पुरुष र १ हजार ५४ महिला रहेका छन ।
 ६४ जना संक्रमितको बिभिन्न अस्पतालमा उपचमा छन भने शंकास्पद १४ संक्रमित बिभिन्न अस्पतालको आइृसोलेसनमा छन् । 

सेती प्रादेशिक अस्पतालमा १०,टिकापुर २६, माहकाली १५, अछाम १०, डोटी,२ र डडेल्धुरा १ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप