शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

थुनामा रहेका अभियुक्तबाट ९ प्रहरीमा सर्‍यो कोरोना !

शुक्रबार, ०५ भदौ २०७७, १९ : ४२
शुक्रबार, ०५ भदौ २०७७

काठमाडौँ । उपत्यकामा कार्यरत थप ९ प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित ९ प्रहरीमा कोरोना पोजेटिभ देखिएको हो । 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका एक इन्सपेक्टर, एक प्रहरी नायब निरीक्षक (सई) र एक प्रहरी सहायक निरीक्षक (असई) सहित ९ जनामा कोरोना देखिएको हो । 

महाराजगञ्ज वृत्तमा कार्यरत प्रहरी कर्मचारीको बिहीबार स्वाव संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइएको थियो । जसमा ९ जनालाई कोरोना देखिएको हो । 

कोरोना संक्रमित प्रहरीहरुलाई महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको आइसुलेशनमा राखिएको छ । 

 अभियुक्तबाट सरेको आशंका

३० साउनमा नुवाकोटका लक्ष्मण तामाङलाई चक्कु प्रहार गरी हत्या आरोपमा दोर्जे शेर्पालाई महाराजगञ्ज प्रहरीले पक्रेको थियो । संक्रमित प्रहरीहरु शेर्पालाई पक्राउ गर्न गएको स्रोतले बतायो । 

पक्राउ परेको शेर्पाको तत्कालै स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइएको थियो । परीक्षण रिपोर्टमा शेर्पालाई कोरोना पोजेटिभ देखिएको हो । शेर्पाबाटै प्रहरीलाई कोरोना सरेको हुनसक्ने आशंका गरिएको एक प्रहरीले बताए । 

यता शेर्पालाई जोरपाटीस्थित नेपाल मेडिकल कलेज अत्तरखेलको आइसुलेशनमा राखिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप