उपत्यकामा कार्यरत ३६ सशस्त्र प्रहरीमा कोरोना पुष्टि
शुक्रबार, ०५ भदौ २०७७, १५ : ४५

काठमाडौँ । काठमाडौँ उपत्यकामा कार्यरत सशस्त्र प्रहरी बल नेपालका ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबार स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइएको उनीहरुको शुक्रबार आएको रिपोर्टमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।
भक्तपुरको दुवाकोटस्थित नम्बर – ११ गुह्वेश्वरी गणमा कार्यरत २० जनामा र कीर्तिपुरस्थित नम्बर १८ – निलबाराही गणमा कार्यरत १६ जनामा कोरोना पोजेटिभ देखिएको सशस्त्रका प्रवक्ता राजु अर्यालले बताए ।
प्रवक्ता अर्यालका अनुसार उनीहरुको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो ।
योसँगै सशस्त्र प्रहरी बलका ३ सय ७८ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये १ सय ५४ जना निको भएको प्रवक्ता अर्यालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचन : एमाले–माओवादी गठबन्धनको साझा उम्मेदवार को ?
-
जर्मनीको प्याराडाइज फिल्म फेस्टिभलमा नेपाली ‘द्रौपदी’ छनोट
-
ज्यान मुद्दामा कैद सजाय ठहर भएका दम्पती २४ वर्षपछि पक्राउ
-
ललिता निवासमा अख्तियारको पुनरावेदन : सफाइ पाएका तीन मन्त्रीसहित यी हुन् प्रतिवादीहरू
-
सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपा नेपालको निर्णय
-
कलाकार संघले घोषणा गर्यो पुरस्कार र सम्मान