अब बेइजिङमा बाहिर निस्कदा मास्क लगाउनु नपर्ने
लगातार १३ औँ दिन नयाँ कोरोनाभाइरस संक्रमित फेला नपरेपछि बेइजिङका स्वास्थ्य अधिकारीहरुले संक्रमण रोक्नका लागि लागू गरिएको प्रतिबन्धका नियमहरु खुकुलो बनाउन शुरु गरेका छन् । यसअनुसार अब बेइजिङका बासिन्दाहरुले घरबाहिर निस्कदा मास्क लगाउनु नपर्ने भएको हो ।
यसका बावजुद शुक्रबार ठूलो संख्यामा बेइजिङका वासिन्दाहरुले मास्क लगाएको देखियो । केहीले मास्क लगाउँदा आफू सुरक्षित भएको महसुस गर्ने गरेको बताए भने केहीले सामाजिक दबाबका कारण मास्क लगाएको जिकिर गरे ।
दुई चरणको लकडाउनपछि बेइजिङमा मास्क लगाउनु नपर्ने गरी नियम खुकुलो गरिएको यो मात्र दोस्रो पटक हो । गत अप्रिलको अन्त्यतिर बेइजिङमा मास्क लगाउनुपर्ने नियम लागू गरिएको थियो । तर, नयाँ संक्रमित भेटिएपछि जुनमा पुनः मास्क लगाउनुपर्ने नियम लागू गरिएको थियो ।
बेइजिङ र जिन्जियाङमा संक्रमणलाई नियन्त्रण गरेपछि पछिल्लो पाँच दिनमा चीनमा स्थानीय संक्रमित फेला परेका छन् । अगस्त २० मा बाहिरबाट आएका २२ जना संक्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । हालसम्म देशमा ८४ हजार ९१७ जना संक्रमित फेला परेका छन् ।
स्रोत : रोयटर्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
-
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको घटनाप्रति कांग्रेसको निन्दा
-
१० बजे १० समाचार : रिहा भए रवि, राष्ट्रपतिलाई मनाउन प्रमको फोन
-
अध्यादेशले तरंगित राजनीति, एकैसाथ जुर्मुराए सरकार र प्रतिपक्ष
-
रवि विरुद्ध बहस गरेकै कारण वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण