उपमेयर खातुनका दुुई चालकलाई कोरोना संक्रमण
रौतहट । रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नुरजहाँ खातुनका दुुईजना चालकमा कारोना भाईरसको संक्रमण पुुष्टि भएको छ । प्रादेशिक अस्पताल जनकपुरबाट बिहिवार साँझ आएको रिपोर्टमा कटहरिया ५ का एकजना २१ र अर्का २५ वर्षका दुुबै चालकमा कोरोना भाईरस पुुष्टि भएको हो।
कोरोना पुुष्टि भएका दुुबैजनालाई कटहरिया माविको भवनमा बनाइएको आईसोलेसनमा राखेर उपचार भइरहेको डा.यशुु मल्लले जानकारी दिएकी छिन् । उनीहरुको हालसम्म कन्ट्रयाक्ट ट्रेसिङको आधारमा स्वाब संकलन भएको छैन ।
उपमेयर खातुनका श्रीमान नसरुदिन अन्सारीमा दुुई साताअघि कोरोना पुुष्टि भएपछि उनको कन्ट्रयाक्ट टे«सिङका आधारमा आठ जनाको स्वाब संकलन गरेर पठाइएकोमा दुुई जनामा पोजिटिभ र एकजनाको रिपोर्ट होल्डिङमा रहेको डाक्टर मल्लले जानकारी दिएकी छिन् ।
नुरजहाँ खातुन लगायत ५ जनाको पिसिआर रिपोर्ट निगेटिभ आएको छ । उनका श्रीमान संक्रमित भएको एकसाता पछिमात्र खातुन र उनी निकट मानिसले स्वाब संकलन गराएको कटहरिया नगरप्रमुख सियाराम कुश्वाहाले बताए । स्वाब संकलन गराउन पटक–पटक आग्रह गर्दा सुरुमा उपमेयर खातुनले अस्वीकार गरेकी थिइन् । पछि प्रहरीको दबाबमा उनले आफ्नो स्वाव संकलन गर्न राजी भएकी थिइन् ।
इता, कटहरिया माविको आईसोलेसनमा रहेका १० जनाले कोरोना जितेका छन् । कटहरिया नगरपालिकाकी उपमेयर खातुुनका श्रीमान नसरुदिनसहित सात जनाले कोरोना भाईरस जितेका हुन् । त्यस्तै कटहरिया ५ का एकजना युवकमा कोराना पुुष्टि भएपछि १५७ जनामा गरिएको पिसिआर जाँचमा उनीहरु पनि संक्रमित देखिएका थिए । तीमध्ये लगातार ११ दिन आईसोलेसनमा बसेका १० जना संक्रमणमुक्त भएका छन् । उनीहरुलाई ससम्मान घर फिर्ता गरिएको कटहरिया नगर प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष चन्दन कुश्वाहाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच आज द्विपक्षीय भेटवार्ता
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
मौद्रिक नीतिको समीक्षा हुँदै, के-के होला परिवर्तन ?
-
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा, श्रम स्वीकृतिलगायत प्रक्रियागत व्यवस्थाको प्रयास’
-
कपालमा अन्डा लगाउँदा के हुन्छ ?
-
पोखराको बाँझो जग्गामा कागतीखेती