केन्द्रीय संस्करण

तीज पहिरनमा ब्युटिफुल दीपिका

person explore access_timeभदौ ५, २०७७ chat_bubble_outline0
तस्बिर: सुनिल राजभण्डारी, स्टुडियो क्रेजी नेपाल

काठमाडौं । पछिल्लो समय कलाकारितामा थुपै्र नवप्रतिभा भित्रिएका छन् । ती मध्यकी एक हुन् दीपिका थापा । दीपिका ३ वर्ष अगाडि सडक नाटक ‘सौन्दर्य चौतरी’बाट अभिनयमा भित्रिएकी हुन् । अहिलेसम्म आधा दर्जन नाटक, मानव, लौन जात्रै भो लगायत केही टेलिसिरियल र थुप्रै म्युजिक भिडियो अभिनय गरेकी थापा ललितपुर १४ ताछिखेलकी स्थायी बासिन्दा हुन् ।

केही छोटा चलचित्र समेत अभिनय गरेकी उनी केही दिन अगाडि मुर्हूत भएको फिल्म ‘लक्ष्य जिन्दगीमा’ समेत अभिनयको लागि अनुबन्धित भएकी छन् । सानैदेखिको रहरले कलाकारितामा रोजेको बताउने उनी स्कुल अध्ययन गर्दा नाच्ने, नाटक अभिनय गर्ने समेत गर्दथिईन् । स्कुल अध्ययन पुरा भएपछि भने उनले थियटर अभिनय प्रशिक्षण लिएर कलाकारितामा होमिएकी हुन् । 

सफल र ब्यवसायी कलाकार बन्ने उदेश्य लिएकी थापा धार्मिक स्वभावकी छिन् । त्यसैले पनि उनी केही वर्षदेखि नियमित तीजको वर्त समेत बस्दै आएकी छन् । तीजका लागि टिका, मेहिन्दी, चुरालगायत साधारण सपिङ गरेको बताउने दीपिकाले तीजको अवसर पारेर केही तस्बिर सुट समेत गराएकी छन् । तस्बिरमा उनी उनी निकै सुन्दर देखिएकी छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.