बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

पाटन अस्पतालमा ३० वर्षीय महिलासहित दुई जना कोरोना संक्रमितको मृत्यु

शुक्रबार, ०५ भदौ २०७७, १० : १६
शुक्रबार, ०५ भदौ २०७७

काठमाडौँ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा जिल्लाकी एक महिला र सर्लाही जिल्लाका एक पुरुष रहेका छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरका अनुसार गत भदौ २ गतेदेखि उपचाररत दोलखाकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । त्यस्तै साउन ३१ गतेदेखि अस्पतालमा उपचाररत सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको शुक्रबार निधन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप