बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राजिलको संसदमा चलेन राष्ट्रपतिको मास्क विरोध

शुक्रबार, ०५ भदौ २०७७, ०७ : २९
शुक्रबार, ०५ भदौ २०७७

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले ब्राजिलको संसदमा त्यतिबेला हार व्यवहोर्नुपर्यो जतिबेला प्रतिनिधिले स्कूल, प्रार्थना स्थल र कारोबार स्थलमा मास्क लगाउने निर्णयमाथि उनको भिटोलाई अस्विकार गरे ।

ब्राजिलको संसदले जुलाईमा एक प्रस्ताव पारित गरेको थियो जस अनुसार बन्द स्थानमा पनि फेस मास्कको प्रयोग अनिवार्य गरिएको थियो ।

तर बोलसोनारोले यस्तो प्रस्तावले मानिसहरुलाई घरमा पनि मास्क लगाउन बाध्य गरिदिने भन्दै यसको विरोध गरेका थिए । उनले संसदको प्रस्तावमाथि भिटो लगाउँदै कोरोनाबाट बच्नका लागि मास्क प्रभावकारी नभएको दाबी गरेका थिए ।

यद्यपि, विश्व स्वास्थ्य संगठनले थुप्रै पटक मास्कको प्रयोगले संक्रमण रोक्न र मानिसहरुको जीवन बचाउन मद्दत गर्ने बताइरहेको छ ।

बोलासोनारो मास्कको प्रयोगका आलोचक हुन् र जुलाई महिनामा कोरोना पोजेटिभ भएपछि पत्रकारसँग कुरा गर्दा पनि उनले आफ्नो मास्क हटाएका थिए ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप