चौतर्फी आलोचनापछि दुबईबाट काठमाडौँको लागि सरकारले दियो उडान अनुमति

युएई । अन्तिम अवस्थामा उडान रद्द हुँदा नेपाल फर्कन नपाएर दुबई एयरपोर्टमा अलपत्र परेका नेपालीबारे चौतर्फी विरोध आएपछि सरकारले दुबईबाट काठमाडौँको लागि अन्ततः उडान अनुमति दिएको छ ।
गत मङ्गलबार नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल फर्कन नपाएर बिचल्ली परेका दर्जनौ यात्रुहरुलाई स्वदेश फर्काउन आउँदो आइतबार नेपाल एयरलाइन्सको विशेष उडानको लागि सरकारले अनुमति दिएको हो ।
नेपाल फर्कन दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थल पुगेर पनि नेपाल फर्किन नपाएका २ सय ६२ जना नेपाली यात्रु आगामी आइतबार नेपाल फर्कने भएका हुन् ।
अलपत्र परेका यात्रुहरु नेपाल जान पाउने भए पनि उनीहरुले फेरि कोरोना परीक्षण गर्नुपर्ने भएको छ । यात्रुहरुको आरडीटी वा पीसीआर टेस्टको समय अवधि पनि सकिएकोले २ दिन भित्र पुनः आरडीटी परीक्षणको लागि अल शबाब अल अहली क्लबमा जान सबैलाई अनुरोध गरिएको छ भने पीसीआर टेस्ट गर्न समेत एयरलाइन्सले बताएको छ ।
कोरोनाका कारण महिनौँदेखि कम्पनीको काम ठप्प भएपछि रोजगारविहीन भएका उनीहरु कम्पनीबाट बिदा भएर विमानस्थल पुगेका थिए । त्यहाँ पुगेका उनीहरुको न फर्केर जाने ठाउँ नै थियो,न खानको लागि पैसा नै । अन्तिम अवस्थामा उडान रद्द हुँदा विमानस्थलमा अलपत्र परेका यात्रुहरुलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) युएई र सामाजिक संघसस्थाका प्रतिनिधिहरुले खान र बस्नको व्यवस्था गरेका थिए ।
कोभिड–१९ संकट व्यवस्थापन संचालक केन्द्र (सीसीएमसी) ले अन्तिम समयमा सबै चार्टर्ड उडान रद्द गर्न भनेपछि दुबई पुगेको नेपाल एअरलाइन्सको विमान रित्तै फर्किएको थियो । जसको कारण नेपाल फर्किन लगेजसहित एयरपोर्ट आइसकेका दर्जनौँ नेपाली यात्रुहरु अलपत्र परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पासपोर्ट नवीकरणमा सहज बन्दै
-
सङ्घीय निजामती सेवा ऐनको शीघ्र निर्माणको माग गर्दै लुम्बिनीका चार कर्मचारी सङ्गठनद्वारा ज्ञापन पत्र
-
बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, शिक्षक आन्दोलनबारे के होला निर्णय ?
-
शिक्षामन्त्रीको राजीनामासँगै दबाबमा प्रधानमन्त्री
-
उपसचिव हुँ भन्दै ठगी गर्ने एक महिला पक्राउ
-
तत्काल प्रमुख निर्वाचन आयुक्त नियुक्त नगर्ने ओलीको ‘मुड’