चौतर्फी आलोचनापछि दुबईबाट काठमाडौँको लागि सरकारले दियो उडान अनुमति
युएई । अन्तिम अवस्थामा उडान रद्द हुँदा नेपाल फर्कन नपाएर दुबई एयरपोर्टमा अलपत्र परेका नेपालीबारे चौतर्फी विरोध आएपछि सरकारले दुबईबाट काठमाडौँको लागि अन्ततः उडान अनुमति दिएको छ ।
गत मङ्गलबार नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल फर्कन नपाएर बिचल्ली परेका दर्जनौ यात्रुहरुलाई स्वदेश फर्काउन आउँदो आइतबार नेपाल एयरलाइन्सको विशेष उडानको लागि सरकारले अनुमति दिएको हो ।
नेपाल फर्कन दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थल पुगेर पनि नेपाल फर्किन नपाएका २ सय ६२ जना नेपाली यात्रु आगामी आइतबार नेपाल फर्कने भएका हुन् ।
अलपत्र परेका यात्रुहरु नेपाल जान पाउने भए पनि उनीहरुले फेरि कोरोना परीक्षण गर्नुपर्ने भएको छ । यात्रुहरुको आरडीटी वा पीसीआर टेस्टको समय अवधि पनि सकिएकोले २ दिन भित्र पुनः आरडीटी परीक्षणको लागि अल शबाब अल अहली क्लबमा जान सबैलाई अनुरोध गरिएको छ भने पीसीआर टेस्ट गर्न समेत एयरलाइन्सले बताएको छ ।
कोरोनाका कारण महिनौँदेखि कम्पनीको काम ठप्प भएपछि रोजगारविहीन भएका उनीहरु कम्पनीबाट बिदा भएर विमानस्थल पुगेका थिए । त्यहाँ पुगेका उनीहरुको न फर्केर जाने ठाउँ नै थियो,न खानको लागि पैसा नै । अन्तिम अवस्थामा उडान रद्द हुँदा विमानस्थलमा अलपत्र परेका यात्रुहरुलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) युएई र सामाजिक संघसस्थाका प्रतिनिधिहरुले खान र बस्नको व्यवस्था गरेका थिए ।
कोभिड–१९ संकट व्यवस्थापन संचालक केन्द्र (सीसीएमसी) ले अन्तिम समयमा सबै चार्टर्ड उडान रद्द गर्न भनेपछि दुबई पुगेको नेपाल एअरलाइन्सको विमान रित्तै फर्किएको थियो । जसको कारण नेपाल फर्किन लगेजसहित एयरपोर्ट आइसकेका दर्जनौँ नेपाली यात्रुहरु अलपत्र परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
-
साढे ४३ करोड वक्यौता असुली, विदेशमै लुक्ने त्रिविका ४०० प्राध्यापकबाट १३ करोड असुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण