अमेरिकामा कोरोना संक्रमितको मामिलामा कमीको संकेत

अमेरिकामा कोरोनाभाइरसका नयाँ मामिलामा कमी देख्न थालिएको छ । यद्यपि, यो कमीको कारणबारे कुनै एकमत भने देखिएको छैन ।
जोन होपकिन्स युनिभर्सिटीको आँकडाका अनुसार अमेरिकामा पछिल्लो एक हप्तामा ४७ हजार ३ सय नयाँ संक्रमित देखिएका छन् । २२ जुलाईको हप्तामा औसतमा साप्ताहिक संक्रमण ६७ हजार ३ सय १७ थियो । जबकि १७ जुलाईमा एकै दिन ७५ हजारभन्दा बढी रेकर्ड स्तरको संक्रमित फेला परेका थिए ।
अमेरिकामा कोरोनाभाइरसको परीक्षणको नेतृत्व गरिरहेका ह्वाइट हाउस फिजिशियन ब्रेट गिरोयरले अब अमेरिकामा संक्रमण सही दिनमा अघि बढिरहेको बताएका छन् ।
उनका अनुसार संक्रमितको संख्यामा कमी आउनुको कारण फेस कभरको प्रयोग र सामाजिक दुरीको प्रावधानको पालना गर्नु हो ।
तर केही विश्लेषकका अनुसार अमेरिकामा संक्रमितको संख्यामा कमी आउनुको कारण परीक्षणमा भएको कमी हो । अटलान्टिक कोभिड ट्र्याकिङ प्रोजेक्टका अनुसार अमेरिकाको दक्षिण हिस्सामा संक्रमितको संख्या बढिरहेको छ तर त्यहाँ परीक्षण अचानक कम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुइँकुहिरो र कान्छी तामाङको एक्लो यात्रा
-
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित
-
प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने कुरामा भूमिका विहीन भयो : मन्त्री लामिछाने
-
‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’
-
धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार
-
रोकियो वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर (तस्बिरहरू)