निषेधाज्ञासँगै उपत्यका छिर्ने नाकामा जाम, प्रहरीद्वारा कडा चेकजाँच, तस्बिरमा हेर्नुहोस्

काठमाडौं उपत्यकामा एकहप्ते निषेधाज्ञा जारी भएसँगै उपत्यका छिर्ने नाकामा चेकजाँचमा कडाइ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयहरुले गएरातिबाट लागू हुनेगरी उपत्यकाभित्र निषेधाज्ञा जारी गरेसँगै नागढुंगा नाकामा चेकजाँचमा कडाई गरिएको हो । उपत्यका भित्रिने सवारीहरुमा प्रहरीले चेकजाँचमा निकै कडाई गरेको छ ।
नागढुंगगा नाकाबाट खाद्यान्न, फलफूल, औषधि, तरकारी र मासुजन्य सामग्री बाहेकका सवारी साधनलाई मात्रै उपत्यका भित्रिन दिइएको छ । एम्बुलेन्सहरु भने निर्वाध रुपमा उपत्यका भित्रिइरहेका छन । निर्माणजन्य सामग्री र अन्य सामग्री लिएर आएका सवारीहरुलाई नाकाबाटै फिर्ता पठाइएको छ ।
चेकजाँचमा कडाई भएपछि नागढुंगामा निकै लामो जाम देख्न सकिन्छ । उपत्यकाबाट बाहिर जाने सवारी न्यून मात्रामा भएपनि उपत्यका भित्रिने सवारीको संख्या अधिक रहेको छ । नाकामा सुरक्षाकर्मीहरुको उपस्थिति बाक्लो बनाइएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले गएरातिबाट लागु हुनेगरी निषेधाज्ञा गारी भएपनि उपत्यकाका सडक सुनसान देखिएका छन । सडकमा अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन चलेका छैनन् । औषधी र खाद्यान्नबाहेक अन्य पसल पनि खुलेका छैनन् ।
पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका निषेधाज्ञा जारी गरिएको हो । आजमात्रै नेपालमा कोरोना भाइरसबाट ६ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा २ सय जना संक्रमित पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ७४ ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले बिमा कार्यक्रम अलपत्र पारेको सांसद कार्कीको आरोप
-
लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
-
स्वास्थ्यमन्त्रीले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप
-
विदेशी दातृ निकायले दिने सहयोगको श्वेतपत्र जारी गर्न माग
-
जबरजस्ती करणी अभियोगमा पक्राउ
-
शिवरात्रिमा पशुपतिको दर्शन व्यवस्थापन चुस्त बनाउन १० उपसमिति गठन