शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्राकृतिक विपत्तिबाट मृत्यु भएका परिवारजनलाई १० लाख क्षतिपूर्ति दिन अनेरास्ववियूको माग

बिहीबार, ०४ भदौ २०७७, १४ : ५८
बिहीबार, ०४ भदौ २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियूले बाढी, पहिरो तथा डुवानबाट मुत्यु भएका परिवारजनलाई कम्तिमा १० लाख क्षतिपूर्ति दिन माग गरेको छ । अनेरास्ववियूका संयोजक ऐन महरद्वारा विहीबार जारी विज्ञप्तिमा त्यसका साथै बेपत्ता भएकाहरुको तीव्र  खोजी गर्न, घाइतेको उपचार र विस्थापितहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायसमक्ष अपिल गरिएको छ ।

तत्काल जीवन रक्षाको लागि उद्दार र राहत वितरणको कार्यमा समेत भएको ढिलाई जस्ता घटनाहरुका कारण सिंगो अनेरास्ववियू स्तब्ध भएको महरको भनाइ छ । ‘प्राकृतिक प्रकोपलाई न्यूनिकरण गर्न सकिने विकल्प हुँदाहुँदै पनि त्यसतर्फ गम्भीर नहुने सरकारी उदासिनताका कारण पनि दिनप्रतिदिन ठूलो मात्रामा क्षति हुँदैछ । हामी यसमा विभिन्न तहका सरकारहरु र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउँन चाहान्छौंँ’ विज्ञप्तिका उल्लेख छ ।

सिन्धुपाल्चाकको बाह्विसे नगरपालिका, जुगल गाउँपालिका, बाजुराको बुढिनन्दा नगरपालिका, अछामको रामारोशन गाउँपालिका, बझाङको बुंगल नगरपालिका, केदारसियुँ गाउपालिका लगायतका स्थानमा गएको बाढी पहिरोले ठूलो मात्रामा जनधनको क्षति बेहोर्नुपरेको महरले बताए ।

साथै बर्सेनि हुने तराईको डुवानको दिर्घकालिन समाधान खोज्नु जरुरी रहेको उनको भनाइ छ । अनेरास्ववियूका अनुसार यो बर्ष मात्रै बाढीरपहिरो र डुवानका कारण ३०० जना भन्दा बढीको मृत्यू भैसकेको छ भने सयौंको संख्यामा घाइते र बेपत्ता भएका छन् । हजारौं मानिसहरु घरबार बिहीन भएका भएको र ठुलो संख्यामा कृषि उपज एवं आर्थिक र भौतिक संरचनामा क्षति पुगेको छ । 

यस्ता प्रकोपहरुमा सुरक्षित तवरले राहत र उद्दारको कार्यमा तत्कालै क्रियाशील रहन देशभर रहेका अनेरास्ववियूका सम्बन्धित स्थानका सम्पूर्ण कार्यकर्ता तथा शुभेच्छुकहरुमा संयोजक महरको आह्वान छ । बाढी र पहिरोका घटना ब्यहोर्नुपरेको अवस्थामा अनेरास्ववियू विगत देखि नै राहत र उद्दारमा निरन्तर क्रियाशील रहँदै आएको पनि उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप