सिरहामा कोरोना जोखिम भत्ता फिर्ता
सिरहा । नेपाली काँग्रेस निकट सिरहा नगरकार्यपालिकाका पदाधिकारीहरुले कोभिड–१९ को जोखिम भत्ता रकम फिर्ता गरेका छन् । नेका नगर कार्यसमितिले जोखिम भत्ता रकम फिर्ता गर्न निर्णय गरेपछि पहिलो चरणमा ५ जनाले भत्ता रकम फिर्ता गरेको नगर सभापति अशिलाल यादवले बताए । उनका अनुसार बाँकी रहेकाहरुले पनि भत्ता रकम नगरपालिकालाई फिर्ता गर्ने तयारी गरेका छन् ।
काँग्रेसबाट ९ वटा वडाध्यक्ष र ४ जना कार्यपालिका सदस्य गरी १३ जनाले कोभिड–१९ मा जनही ८२ हजर १ हजार ७० का दरले जोखिम भत्ता रकम बुझेका थिए । नगर कार्यसमितिको निर्णयलाई नमानेर आफ्नै तरिकाले मनोमानी गर्नेहरुको विषयमा भने पार्टीको माथिल्लो तप्कामा कुरा उठाउने नगर सभापति यादवले जनाए ।
‘जनजीवनको रक्षा र विकासको उचित प्रबन्ध गर्नका लागि लोकतान्त्रिक प्रक्रिया अनुसार चुनिएका जनप्रतिनिधिले कोभिड–१९ को आपतकालिन अवस्थामा निस्वार्थ रुपले काम गर्नुपर्ने थियो,’ काँग्रेस महासमिति सदस्य डा.सुभाषचन्द्र यादवले भने,‘निस्वार्थ रुपमा जनतालाई सेवा गर्नुपर्नेमा सेवा गरे वा नगरे वापत जोखिम भत्ता लिनु कानून विपरित र दुःखद कुरा छ ।’
कोभिड–१९ को संक्रमण जोखिम नियन्त्रणको नाउँमा नगरपालिकाले अशोभनीय र कानून विपरित खर्च गरेको बताउदै काँग्रेस महासमिति सदस्य डा. सुभाषचन्द्रले त्यसबारे सम्बन्धित निकायले छानविन गरी दोषीमाथि कारवाही प्रक्रिया थालियोस् भन्ने माग गरेका छन् । पद पाएपछि अशोभनीय खर्च र कानून विपरित काम गर्दा राजनीतिक बदनाम भएको उनको तर्क छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि ज्यान जोखिममा राखेर काम गरेको हुँदा जोखिम वापतको भत्ता पाउनुपर्ने सबैले माग राख्दा त्यसबारेको प्रस्ताव कार्यपालिका बैठकमा लगिएको सिरहा नगरपालिकाका मेयर अषेश्वर प्रसाद यादवले बताए । ‘जोखिम भत्ता पाउनुपर्छ भन्नेमा आफै निर्णय गर्ने, आफैं भत्ता रकम बुझ्ने र पार्टीले निर्णय गरेपछि फिर्ता गर्न आएको,’मेयर यादवले भने,‘आफ्नै निर्णयमा अडिग रह्न नसक्नेलाई के भन्नु ?’
कार्यपालिकाले जोखिम भत्ता दिनुपर्छ भन्ने निर्णय गरेपछि कोरोना संक्रमण नियन्त्रण अवधिमा काम गरेको प्रतिवेदनको आधारमा जोखिम भत्ता खुवाएको निमित्त प्रमुख प्रशासकिय अधिकृत बलिराम यादवले बताए । ‘हाम्रो काम कार्यपालिकाको प्रस्ताव तथा निर्णयलाई प्रशासनिक तौर तरिका मिलाई दिने हो । भएको निर्णयलाई कार्यान्वयनमा लग्ने हो । यो वाहेक केही गर्ने हाम्रो अधिकारक्षेत्रभित्र पर्दैन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व प्रधानमन्त्रीहरूसँग ओली : यसपटक चीनसँग ऋण सम्झौता गर्दिनँ
-
बालेन र हर्कलाई मुकुलको आह्वान : वैकल्पिक राजनीतिक धार निर्माणका लागि एकजुट हौँ
-
काठमाडौँ–१६ को उपनिर्वाचनमा १० स्वतन्त्रसहित १८ जना मैदानमा, कसको चुनाव चिह्न के ? (सूचीसहित)
-
रुकुम पश्चिममा चक्कु प्रहार गरेर छोराले गरे बाबुको हत्या
-
उत्तर प्रदेशको सम्भल हिंसामा मर्नेको सङ्ख्या ४ पुग्यो
-
पुसबाट सरेर फागुनमा पुग्यो ‘मायावी’