रिया चक्रवर्तीको ‘औकात’ बारे बोल्ने प्रहरी अधिकारीले मागे माफी
सुशान्त सिंह राजपूतको मामिलामा सर्वोच्च अदालतको निर्णय आएपछि बिहारका प्रहरी महानिर्देशक गुप्तेश्वर पाण्डेको रिया चक्रवर्तीमाथिको टिप्पणीले चर्चा बटुलिरहेको छ ।
सर्वोच्च अदालतले यो मामिला सिबिआईलाई सुम्पिएको छ र बिहार सरकारले सिबिआई जाँचको जुन सिफारिस गरेको छ त्यो ठिक भएको पनि बताएको छ । अदालतले पटनामा दर्ता गरिएको एफआइआरमा पनि केही गलत नभएको बताएको छ ।
सर्वोच्च अदालतको निर्णयपछि बिहारका डिजिपीले एक प्रश्नको जवाफमा बिहार मुख्यमन्त्रीमाथि टिप्पणी गर्नका लागि रिया चक्रवर्तीको औकात नभएको बताएका थिए । डिजिपी गुप्तेश्वर पाण्डेले सर्वोच्च अदाmतको निर्णयमाथि खुसी व्यक्त गर्दै बिहार प्रहरीले जे गरेको छ त्यो सही छ र कानूनमा दायरामा रहेर नै गरेको बताएका छन् ।
पत्रकारले गुप्तेश्वर पाण्डेसँग रिया चक्रवर्तीको त्यो बयानबारे सोधपुछ गरेका थिए जसमा रियाले बिहार प्रहरीको अनुसन्धानमा राजनीतिको कुरा गर्दै मुख्यमन्त्री नितिश कुमारको पनि कुरा निकालेकी थिइन् । रियाले बिहारी प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा याचिका दर्ता गरेकी थिइन् ।
यद्यपि, अब बिहारका डिजिपी गुप्तेश्वर पाण्डेले यो मामिलामा माफी मागेका छन् । एक समाचार च्यानलसँगको कुराकानीमा उनले आफ्नो कुराले कसैलाई समस्यामा पारेको छ भने आफूले माफी मागेको बताएका छन् ।
गुप्तेश्वर पाण्डेले भने, ‘मलाई कसैले बुझाइदेओस् कि यसमा के अभद्र छ, के अमर्यादित छ र के गैर कानूनी छ । मैले बिहारका माननीय मुख्यमन्त्रीमाथि रिया चक्रवर्तीले कुनै अभद्र, अशोभनीय टिप्पणी गर्नका लागि उनको औकात नभएको बताएको थिएँ । यदि यसमा उनलाई केही समस्या छ र यदि उनलाई मैले प्रयोग गरेको औकात शब्दले उनको गरिमालाई ठेस् पुर्याएको छ भने मलाई यसमा माफी माग्न कुनै संकोच छैन । तर इमान्दारिता र न्यायप्रेमका रुपमा परिचित कुनै पनि प्रान्तका मुख्यमन्त्रीलाई अशोभनीय र अमर्यादित टिप्पणी गर्न सक्नुहुन्नँ । यदि मेरो कुराले केही समस्या निम्तिएको छ भने माफी माग्छु ।’
डिजिपीको औकातयुक्त बयान सोसल मिडियामा निकै चर्चा भइरहेको छ । यसमा कतिले डिजिपीलाई कारवाही गर्नुपर्ने माग राखेका छन् ।
बिहारमा बस्ने अभिनेता सुशान्त सिंह राजपूत १४ जूनमा मुम्बईस्थित आफ्नो निवासमा मृत पाइएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ दिनमै सकियो एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा ‘फ्लड लाइड’ जडान कार्य
-
बुटवलमा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षाध्यक्ष लम्सालले लिए शपथ
-
आईसीसी नकआउट टुर्नामेन्टबाट आईसीसी च्याम्पियन्स ट्रफी
-
युएसएडका ४ हजारभन्दा बढी कर्मचारी बिदामा, डेढ हजारभन्दा बढीको जागिर गुम्यो
-
पहिरोले करिब ३० मिटर सडक पुरियो, सडकमा विशाल ढुंगा