शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लिदी पहिरोः  थप ३ शव फेला, मृत्यु हुनेको संख्या २८ पुग्यो

बिहीबार, ०४ भदौ २०७७, ०८ : ४६
बिहीबार, ०४ भदौ २०७७

गत शुक्रबार बिहान जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये थप तीनको  शव भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकामा ११ जना अझै बेपत्ता छन् । पहिरोमा परेर ३९ जना बेपत्ता भएका थिए ।

एक बालक र दुई महिलाको आज शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए । 

पाँच वर्षीय  सानुकान्छा दोङ तथा ४२ वर्षीया जिबिरानी दोङ र  १८वर्षीया ललिता दोङको शव  फेला परेको हो । यससँगै पहिरोमा ज्यान गुमाउने २८ जना पुगेका छन्  ।

हालसम्म शव फेला परेकामध्ये १५  पुरूष र १३  महिला  छन् ।  तीमध्ये १४ बालबालिमा मात्रै  छन् । 

पहिरोमा हराइरहेकाहरूको खोजीमा नेपाली सेना  र  नेपाल प्रहरीका ६६ जना र स्थानीयवासी जुटेका छन्  । 

एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालाका भरमा खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप