शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बटुवा

मैले उपहार ग्रहण गर्ने हो भने म त सिनो माथि चक्कर लाउने र झम्टिने गिद्ध भई हालें नि । आफ्नै आँखाको सामुन्ने यी बालिकाको कुभलो होस् भनेर म कसरी सोच्न सक्छु र ?!
बिहीबार, ०४ भदौ २०७७, ०७ : ५९
बिहीबार, ०४ भदौ २०७७

समय – कुनै साँझ . स्थान – कुनै स्थान विशेष . पात्र– वृद्ध : लगभग ७० वर्ष पुगेका, सेतै कपाल, सेतै दाह्री जुँगा । कालो गाउन लगाको । बालिका : अन्दाजी १० वर्षकी । कालो कपाल । काला आँखा । सेतो भुईंमा कालो चौकोश भएको गाउन लगाएकी । बटुवा : ३०/४० वर्षको हुँदो हो । थकित र लखतरान । मोहनी नजर । काला जुँगा र जिङ्ग्रिङ्ग कपाल । झुत्रो कालो कोट र सुरुवाल लगाको । बिना मोजा फाटेको जुत्ता लगाको । काँधमा कुम्लो झुण्ड्याको । आफूजत्रो बाँसको लट्ठी टेकेको ।

पूर्वतिर केही रुख र भग्नावशेष, पश्चिममा उजाड चिहानघारी । यी दुईको बीचबाट एउटा गोरेटो बाटो गएको छ । यहीं बाटोलाई सामुन्ने पारेर एउटा झुपडीको दैलो खुलेको छ । दैलाको बगलमा रुखको ठुटो ठंग्रंग उभिएको छ ।

( बालिका ठुटोमा थचक्क बसेका वृद्धलाई उठाउन सघाउन लाग्दै ।)

वृद्ध : ए नानी ! किन रोकिएकी ?

बालिका (पूर्व तिर हेर्दै) :. उ पर कोही आउदै छ, हेर्नु त !

वृद्ध : आ छोड्द्याल ! खुरुक्क मलाई भित्र लैजान सघाउ ! घाम अस्ताउन आँटिसके ।

बालिका : मलाई ... एकछिन हेर्न दिनु न !

वृद्ध : कस्ती खालकी केटी हो यो ! दिनहु जसो नै तँ आकाश, धर्ती र वायु त हेर्न पा'की छेस् त, त्यसले पनि तेरो रहर पुगेन ?! त्यस्तो हेर्न लायक नै त्यहाँ के छ र ?! तै पनि तँलाई भने को आउदै छ भनेर हेर्न हतारो । घाम अस्ताएपछि जो कोही आए पनि त्यो सकुन हुँदैन । ... आ छोड्द्याल !

बालिका : उ त यहीं छेउमै आइसक्यो । ए, उ त भिखारी पो रै'छ ।

वृद्ध : भिखारी ?! होइन जस्तो छ ।

(बटुवा पूर्वको झाडीबाट खोच्याङ्ग खोच्याङ्ग गर्दै आउँछ । केही समय अलमल्ल परेर सुस्तरी वृद्धको छेउमा जान्छ ।)

बटुवा : प्रणाम बाजे !

वृद्ध : जय होस् ! शुभ मङ्गलम !

बटुवा : बाजे, मलाई त असाध्य तिर्खा लागेको छ, एक गिलास पानी पाउन सकिएला ?! हिँड्दा हिँड्दा म त लखतरान भ'को छु । बाटाभरि कुनै पानीको धारा या इनार भेटियोस त मर्नु ।

वृद्ध : जाबो एक गिलास पानी, त्यो त के ठुलो कुरो भो र ?! बस्नोस्, बस्नोस्! ( बालिका तिर हेर्दै ) ए नानी जा पानी ले'र आ । गिलास सफा छ कि छैन राम्रो हेर नि !

( बालिका थपक्क चुपचाप झुपडी भित्र छिर्छिन् ।)

वृद्ध : बस्नोस्, बस्नोस् । तपाईंको नाम चाहिँ के परो नि ?


मेरो नाम ? ख्वै, त्यो त मैलाई थाहा भएन । मैले सम्झेंसम्म म त मेरै पारामा हिँडिरहेको छु ; त्यसैले मलाई त मेरो वास्तविक नाम थाहै भएन । बाटामा हिँड्दा ओर्दा मानिसहरु, उनीहरुलाई जे मन लाग्छ, कहिले यस नामले कहिले उस नामले बोलाउने गर्छन् । तर मैले त्यसलाई वास्तै गरिन र अहिले सम्झिदा पनि सम्झिन्नँ ।


बटुवा : मेरो नाम ? ख्वै, त्यो त मैलाई थाहा भएन । मैले सम्झेंसम्म म त मेरै पारामा हिँडिरहेको छु ; त्यसैले मलाई त मेरो वास्तविक नाम थाहै भएन । बाटामा हिँड्दा ओर्दा मानिसहरु, उनीहरुलाई जे मन लाग्छ, कहिले यस नामले कहिले उस नामले बोलाउने गर्छन् । तर मैले त्यसलाई वास्तै गरिन र अहिले सम्झिदा पनि सम्झिन्नँ । मलाई एउटै नामले अर्को चोटी कहिल्यै बोलाइएको पनि छैनन् ।

वृद्ध : ए त्यस्तो पो कुरा पर्यो, ठीकै छ नि त ! अनि यहाँ कहाँबाट आउनु भ'को नि ?

बटुवा (अकमकाउदै) : मैलाई थाहा भएन । मैले सम्झेसम्म म यसरी नै हिँड्दै आएको छु ।

वृद्ध : ए । उसो भा, म सोधौं है, कहाँ जाँदै हुनुहुन्छ त ?

बटुवा : जरुर । तर यहाँलाई सत्य कुरा भनौं, यस बारे मैलाई थाहा छैन । मैले सम्झेंसम्म म यसरी नै हिँड्दै आ'को छु, अघिल्तिर कुनै ठाउँ पुग्न भनेर । मैले सम्झेंसम्म यस बीचमा मैले लामो यात्रा पार गरेको छु र हुँदा हुँदा म अहिले यहाँ आइपुगेको छु । अब भने उ त्यतातिर ( पश्चिमतिर देखाउँदै ) जानु पर्दछ ।

(बालिका बडो जतनका साथ काठको बटुकोमा पानी ल्याएर बटुवालाई दिन्छिन् ।)

बटुवा (बटुको लिंदै) : नानी, तिमीलाई धेरै धेरै धन्यवाद । (घुट-घुट पानी पिउँछ र बटुको फिर्ता गर्छ ।) धन्यवाद ! यस्तो दयालु व्यवहार पाउनु त अहोभाग्यको कुरा हो । म यसको ऋण कसरी तिर्न सकौंला ?!

वृद्ध : त्यस्तो अनुगृहित हुनु पर्ने कुरा छैन । यसले तिमीलाई त्यस्तो कुनै जाति पनि गर्दैन ।

बटुवा : हो यसले मलाई त्यस्तो खास लाभ गर्दैन । तैपनि अहिले म निकै जाति भ'को महसुस गर्दै छु । अब मैले जानु पर्दछ । बाजे, तपाईं त यहाँ धेरै पहिले देखि हुनु हुँदो हो । तपाईंलाई थाहा छ, यो अगाडि कुन ठाउँ आउँछ ?

वृद्ध : अगाडि ? अगाडि त चिहानघारी आउँछ ।

बटुवा (चकित हुँदै) : चिहानघारी ?!

बालिका : कहाँ हुनु नि, होइन, होइन । त्यहाँ त बग्रेल्ती जंगली गुलाब र कमलका फूल छन् । कैयौं चोटी म त्यहाँ खेल्न र तिनलाई हेर्न गएको छु ।

बटुवा (पश्चिमतिर हेर्दै, मुस्कुराए जस्तो लाग्दछ ।): तिमीले ठीक भन्यौ, त्यहाँ त जंगली गुलाब र कमलका फूलहरु पाइन्छन् । तिनको मजा लिन म अक्सर जाने गरेको छु । त्यो चाहिँ चिहानघारी हो । (वृद्धतिर फर्केर) बाजे, चिहानघारी उता चाहिँ के छ नि ?

वृद्ध : चिहानघारी उता ? त्यो त मलाई थाहा भएन । त्योभन्दा उता म गएकै छैन ।

बटुवा : तिमीलाई पनि थाहा छैन ?

बालिका : मलाई पनि थाहा छैन ।

वृद्ध : मैले जम्माजम्मी जानेको भनेको तिमी आएको दक्षिण, उत्तर र पुर्व हो । मैले चप्पा चप्प जानेका भनेका ठाउँ नै त्यहींका हुन् । ति ठाउँ तिमीजस्ता मान्छेको निम्ति सर्वोत्तम ठाउँ हुन सक्छन् । मैले जे भन्छु त्यसलाई अन्यथा नमान ! तिमी यति धेरै थाकिसकेका छौं कि मेरो विचारमा तिमी फर्किनु जाति, किनभने तिमीले यस्तो अवस्थामा यात्रा अनवरत जारी राख्ने हो भने तिमि कहिल्यै गन्तव्यमा पुग्दैनौ ।

बटुवा : म कहिल्यै गन्तव्यमा नपुग्न सक्छु ?! ... (यस बारे ऊ घोत्लिन्छ र जाने तरखर गर्दछ ।) असम्भव ! म अगाडि जानै पर्दछ । फर्किने हो भने त प्रतिष्ठित व्यक्तिबिनाको ठाउँ, जमिन्दारबिनाको ठाउँ, जोर जबरजस्ती र बन्दीगृहबिनाको ठाउँ, नक्कली हाँसो हाँस्ने र गोहीका आँसु झार्नेबिनाको ठाउँ हुने छैन । मेरो तिनका प्रति शख्त घृणा छ । मैले फर्कने कुरै हुँदैन ।


म कहिल्यै गन्तव्यमा नपुग्न सक्छु ?! ... (यस बारे ऊ घोत्लिन्छ र जाने तरखर गर्दछ ।) असम्भव ! म अगाडि जानै पर्दछ । फर्किने हो भने त प्रतिष्ठित व्यक्तिबिनाको ठाउँ, जमिन्दारबिनाको ठाउँ, जोर जबरजस्ती र बन्दीगृहबिनाको ठाउँ, नक्कली हाँसो हाँस्ने र गोहीका आँसु झार्नेबिनाको ठाउँ हुने छैन । मेरो तिनका प्रति शख्त घृणा छ । मैले फर्कने कुरै हुँदैन ।


वृद्ध : तिमीले निको काम गरेनौं जस्तो लाग्छ । कुनै दिन तिमी पनि कसैका भक्कानोफुटेर झरेका आँसुका ढिका देख्न पुग्ने छौ, अलिकति नै सही कन्चन करुणाको प्रवाह देख्न पुग्ने छौ ।

बटुवा : कहाँ हुने नि त्यस्तो ! मलाई तिनको भक्कानो फुटेर झरेका आँसुका ढिका हेर्ने कुनै शौख छैन । मलाई तिनको करुणाको पनि कुनै खाँचो छैन ।

वृद्ध : उसो भा त (टाउको हल्लाउदै) तिमीले यात्रा जारी राख्नु नै निको ।

बटुवा : ज्यु, मैले जानु नै पर्छ । साथै, म विश्राम नलिउँ भनेर बाहिर कतैबाट मलाई हिँडिहाल्न संदेश आइरहेको छ । खालि झन्झट के छ भने हिँड्दा हिँड्दा मेरा खुट्टा दरफ़रिएका र रगतपच्छे भ'का छन् । थोरै खुन ग'को छैन ।(एउटा खुट्टो उचालेर वृद्धलाई देखाउँछ ।) जति खुन हुनु पर्ने हो त्यो अब मसंग रहेन, केही त शोधभर्ना गर्नु पर्ने भो । तर कहाँ पाउने नि ?! फेरि जो पायो त्यसको मलाई चल्दा पनि चल्दैन । अव शोधभर्ना गर्नको निम्ति नै भए पानी भए पनि पिउनु पर्ला । बाटामा पानी त तत्र तत्र पाइन्छ नै, त्यसको अभाव मैले कहिल्यै महसुस गर्नु परेन । तर रगतमा बढ्ता पानी मिसिएको हुँदा मेरो तागत क्षीण हुँदै गएको छ । आज मैले त्यति पाइला सार्न नसक्नुको पछाडि एउटै कारण के हो भने बाटा भरि मैले कतै पनि पानीको एउटै धारा न भेट्नु हो ।


मैले जानु नै पर्छ । साथै, म विश्राम नलिउँ भनेर बाहिर कतैबाट मलाई हिँडिहाल्न संदेश आइरहेको छ । खालि झन्झट के छ भने हिँड्दा हिँड्दा मेरा खुट्टा दरफ़रिएका र रगतपच्छे भ'का छन् । थोरै खुन ग'को छैन ।(एउटा खुट्टो उचालेर वृद्धलाई देखाउँछ ।) जति खुन हुनु पर्ने हो त्यो अब मसंग रहेन, केही त शोधभर्ना गर्नु पर्ने भो । तर कहाँ पाउने नि ?! फेरि जो पायो त्यसको मलाई चल्दा पनि चल्दैन ।


वृद्ध : त्यसको कारण त्यो न हुन् सक्छ । घाम अस्ताइसके । मलाई त तिमीले अहिलेलाई केही बेरको निम्ति मैले जस्तै विश्राम गरे जाति होला जस्तो लाग्छ ।

बटुवा : तर हेर्नु नि, उ मलाई हिँडिहाल्न संदेश आ'को आ'कै छ ।

वृद्ध : थाहा छ ।

बटुवा : तपाईंलाई थाहा छ ?! तपाईं त्यो आवाज चिन्नु हुन्छ ?

वृद्ध : चिन्छु । यै आवाजले मलाई पनि पहिले बोलाको जस्तो लाग्दछ ।

बटुवा : मलाई बोलाउने पनि त्यै आवाज हो त ?!

वृद्ध : त्यो त म यसै भन्न सक्दिनँ । मलाई भने त्यसले थुप्रै चोटी बोलाको हो । तर मैले वास्तै गरिनँ । अनि भने त्यसले आजित भ'र मलाई बोलाउनै छोड्यो - मैले सम्झेको चाहिँ यत्ति हो ।

बटुवा : ए, तपाईले वेवास्ता पो गरेको ?! ... ( यस बारे गम्न थाल्छ । जाने तरखर गर्छ, आवाजमा कान ठाडो पार्छ ।) हुन्न, हुन्न । म जानै पर्छ । मैले विश्राम गर्नु हुन्न ।

दुःखको कुरा चाहिँ मेरा खुट्टाको यो दुर्दशा हुनु हो । ( ऊ जानलाई तरखर गर्छ ।)

बालिका : यहाँ हेर्नु त ! ( तिनी उसलाई एउटा कपडाको टुक्रा दिन्छिन् । यसले खुट्टामा पट्टि बाँध्नो'स  ।

बटुवा : तिम्रो जय होस् नानी ! (कपडाको टुक्रो आफ्नो हातमा लिन्छ ।) सत्ते ... सत्ते यस्तो अनुकंपा भनेको दुर्लभ कुरा हो । यति भए पछि त म हिँड्न सक्ने भइहाल्छु नि ! एउटा ढिस्कामा बसेर कुर्कुचामा पट्टी बाँध्न प्रयत्न गर्दछ । ओहो, अपुरो भो । ( लाख प्रयत्न गर्छ ।) नानी लेउ यो, पट्टि बाँध्न छोटो भो । तिमि दयालु हौ, मलाई थाहा छैन कसरी यसको ऋण उतार्ने हो ।

वृद्ध : अनुगृहित हुनु पर्ने त्यस्तो कुनै खण्ड छैन । यो कुनै कामको भएन पनि त ।

बटुवा : हो हुन त, यो मेरो काममा आएन । तर मेरो निम्ति यो सर्वोत्कृष्ट उपहार हो । हेरी हेर्नु त, यो जस्तो मसंग अर्को कुनै चीज छ र ?!

बृद्ध : तिमीले यसलाई त्यति गम्भीर रुपमा न लिए हुन्छ ।


थाहा छ । तर यसलाई म गोजीमा हाल्न सक्दिनँ । अन्यथा न मान्नु होला, मेरो तरिका यहीं हो । मैले उपहार ग्रहण गर्ने हो भने म त सिनो माथि चक्कर लाउने र झम्टिने गिद्ध भई हालें नि । आफ्नै आँखाको सामुन्ने यी बालिकाको कुभलो होस् भनेर म कसरी सोच्न सक्छु र ?!


बटुवा : थाहा छ । तर यसलाई म गोजीमा हाल्न सक्दिनँ । अन्यथा न मान्नु होला, मेरो तरिका यहीं हो । मैले उपहार ग्रहण गर्ने हो भने म त सिनो माथि चक्कर लाउने र झम्टिने गिद्ध भई हालें नि । आफ्नै आँखाको सामुन्ने यी बालिकाको कुभलो होस् भनेर म कसरी सोच्न सक्छु र ?! अथवा यिनी बाहेक बाँकी सबको, म स्वयंको समेत सत्यनास होस् भनेर धिक्कार्नु पर्ने हुन्छ किनभने त्यसको निम्ति म पनि लायक हुन्छु । तर सबका सबको सत्यनास गर्न म कहाँ त्यति सबल भ'को छु र ?! भई हालिछु भने पनि म यिनको चाहिँ सत्यनास भ'को हेर्न चाहन्न, किनभने यिनको यस्तो हविगत भ'को चाहिँ ती आवाज दिनेहरुलाई पनि पटक्कै मन पर्दैन । मलाई लाग्छ यो तरिका साह्रै जायज छ ।(बालिका तिर फर्केर) नानी कपडाको यो टुक्रो अब्बल छ तर थोरै छोटो भयो । यसर्थ यो म तिमीलाई नै फिर्ता दिदै छु ।

बालिका (पछि सर्दै, झसंग हुन्छिन्) : मलाई चाहिदैन, तपाई आफै राख्नो'स ।

बटुवा (मिसिक्क मुस्कुराउदै): ए ... मैले समातेको भ' र ?!

बालिका (टाउको हल्लाउँछिन् र झोलामा संकेत गर्दै) : उ त्यहाँ राख्नो'स न , सम्झनाकै निम्ति सही ।

बटुवा (बेखुस हुँदै पछि हट्छ ।): यसलाई झोलामा हालेर म कसरी हिड्न सक्छु र ?

वृद्ध : तिमि विश्राम गर्दैनौ यसर्थ तिमि भारी उठाउन सक्दैनौ । अलिकति विश्राम त गरी हेर तिमि ठीक भई हाल्छौ ।

बटुवा : त्यो त ठीक हो, विश्राम ... ( उ गम्छ, हिड्ने तरखर गर्छ, आवज सुन्छ ।) होइन, होइन । म रोकिनु हुन्न । मैले यहाँबाट जानै पर्छ ।

वृद्ध : तिमि विश्राम गर्नै चाहदैनौ ?

बटुवा : गर्छु ।

वृद्ध : उसो भा' केही बेर विश्राम गरे भो नि त !

बटुवा : त्यो त हुँदैन ... ।

वृद्ध : तिमीलाई अझै लाग्छ कि तिमि हिँडिहाल्नु पर्छ ?

बटुवा : हजुर, मैले जानु जाति हुन्छ ।

वृद्ध : ठीक छ त, उसो भा' तिमीले जानै पर्छ ।

बटुवा (तनक्क तन्किदै): नमस्कार, अब म विदा पाउं ! हजुरप्रति म असाध्य अनुगृहित छु । ( बालिका तिर फर्केर) नानी, यो म तिमीलाई फिर्ता दिँदैछु । यसलाई सम्हाल !

( झसंग हुँदै बालिका आफ्ना हात पछि सार्छिन् र फनक्क फर्केर झुपडी भित्र पस्छिन् ।)

वृद्ध : लैजाउ, लैजाउ । बोक्न कथम् भारी भ'छ भने जतिखेर हुन्छ, चिहानघारीमा फ्याँकी दे' पनि त भो ।

बालिका ( यो सुनेर अघिल्तिर आउछिन्): ओहो, त्यसो त गर्न पाइँदैन ।

बटुवा : होइन, यो काममा आएन नि त ।

वृद्ध : उसो भा पछि त्यसलाई जंगली गुलाब या कमलको फूलमा झुन्ड्याई दिए भो नि त ।

बालिका ( फुरुंग हुँदै तालि पिट्छिन्, दिल खुस देखिन्छिन्): राम्रो, बहुत राम्रो ।

बटुवा : ओहो ...

( एकछिन चकमन्न शान्ति छाउँछ ।)

वृद्ध : उसो भा, नमस्कार ! तिम्रो जय होस् ! ( उ सिधा खडा हुन्छ र बालिका तिर फर्कन्छ ।) नानी ! मलाई भित्र लान मदत गर ! हेर त, घाम अघि नै अस्ताई सके । ( ऊ दैलो तिर फर्कन्छ ।)

बटुवा :. तपाईहरु दुवैलाई नमस्कार ! तपाईहरुको भलो होस्, मंगल होस् ! (केही कदम अघि सार्छ, गहिरो सोंचमा डुब्छ र आफ्नो बाटो तताउन तरखर गर्छ ।) मैले रोकिनु हुन्न, म जानै पर्छ ... । ( शिर ठाडो पारेर कृतसंकल्पित हुँदै पश्चिम दिशा तिर हानिन्छ ।)

(बालिका वृद्धलाई झुपडी भित्र लान मदत गर्छिन् र ढोका लगाउछिन् । बटुवा खोच्याउदै नीरव जंगल तिर लाग्छ र उसको पछि पछि अँध्यारो खस्न थाल्छ ।)

मार्च २, १९२५
भावानुवाद : टंक कार्की
(प्रतिवद्ध क्रान्तिकारीहरूमा समर्पित - अनु.) Title Photo: http://en.shisu.edu.cn

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप