शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘कोभिडको भ्याक्सिन धनीका लागि मात्रै उपलब्ध भए साह्रै दुुःखदायी हुने’

बिहीबार, ०४ भदौ २०७७, ०६ : ४६
बिहीबार, ०४ भदौ २०७७

– फ्रान्सिसमा भ्याटिकन सिटीमा रहेको क्याथोलिक चर्चका प्रमुख तथा विश्वको सबैभन्दा सानो राष्ट्र भ्याटिकन सिटीका शासक पोप फ्रान्सिसले भ्याक्सिन उपलब्ध भएपछि यो सबैभन्दा गरिब व्यक्तिहरुले कुनै पनि हालतमा पाउनुपर्ने बताएका छन् । पोपले भने, ‘यदि कोभिड–१९ भ्याक्सिन धनीका लागि मात्र उपलब्ध भएको खण्डमा निकै दुःखदायी हुनेछ । यदि भ्याक्सिन कुनै देशको सम्पत्ति बन्नु र संसारभरीका मानिसहरुका लागि उपलब्ध नहुनु निकै पीडादायी हुनेछ ।’

– स्पेनमा पछिल्लो २४ घण्टामा कोरोनाका ३ हजार ७ सय ५१ नयाँ संक्रमित देखिएका छन् । जूनमा स्पेनमा लकडाउन खुकुलो बनाएपछि यति धेरै संख्यामा कोरोना संक्रमित देखिएको यो पहिलो घटना हो । स्पेनमा हालसम्म कोरोनाका २८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

– इरानका स्वास्थ्य मन्त्रालयको आँकडा अनुसार देशमा हालसम्म कोरोनाद्वारा मृत्यु हुनेको संख्या २० हजार पार भइसकेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभरी २ हजार ४ सय ४४ नयाँ संक्रमित फेला परेका छन् । इरानमा हालसम्म कोरोनाका कूल तीन लाख पचार हजार बढी संक्रमित रहेका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप