दक्षिण कोरियामा देशभर कोरोना संक्रमण फैलिन सक्ने चेतावनी

एजेन्सी । दक्षिण कोरियामा कोरोना संक्रमणका २९७ नयाँ बिरामी फेला परेका छन् । मार्चपछि दक्षिण कोरियामा एकैदिन यति धेरै संक्रमितहरु देखिएको पहिलोपटक हो । पछिल्ला दिन संक्रमितहरुको संख्या ह्वात्तै बढ्न सुरु गरेपछि त्यहाँका उपस्वास्थ्यमन्त्री किम गेङ लिपले देशभर संक्रमण फैलिन सक्ने चेतावनी दिएका छन् ।
उनले अब ट्रेसिङ र आइसोलेसनले मात्र महामारी रोक्न नसकिने बताएका छन् । मन्त्री लिपले जरुरी काम बाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई आह्वान गरेका छन् । नयाँ संक्रमितहरु १६६ वटा चर्चले संयुक्त रुपमा आयोजना गरेको प्राथनासभामा सहभागी व्यक्तिहरु भएको र उनीहरुको त्यहाँ देखिएको उपस्थितिले ठूलो संख्यामा संक्रमतिहरु छरिएको आंकलन गरिएको छ ।
त्यहाँको सरकारले प्रथानासभामा उपस्थित ६ सय जनाको कन्ट्रयाक्ट टेसिङका लागि सयौं प्रहरीहरुलाई परिचालन गरेको छ । दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अहिले त्यहाँ संक्रमितहरुको संख्या बढेर १६ हजार ५८ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ सय ६ जना पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने
-
पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
-
यस्तो छ ‘मोहर’मा पलको गेटअप
-
ग्लेन फिलिप्सको स्थानमा श्रीलंकाली अलराउण्डर दासुन शनाकालाई भित्रायो गुजरात टाइटन्सले
-
सिक्किममा निश्चललाई स्वर्ण
-
युक्रेन र अमेरिकाद्वारा सयुक्त समझदारी पत्रमा हस्ताक्षर