सिरहामा १० प्रहरीसहित २४ जनामा कोरोना संक्रमण

सिरहा । सिरहमा बुधबार थप २४ जनामा कोरोना (कोभिड १९) पोजेटिभ देखिएको छ । कन्ट्याक्ट ट्रेसिङ्का आधारमा गरिएको पीसिआर रिपोर्टअनुसार इलाका प्रहरी कार्यालय गोलबजारका १० जना प्रहरी र ४ जना सर्वसाधारणमा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी, कन्ट्याक्ट ट्रेसिङकै आधारमा सिरहा नपा माडरमा पनि १ जना प्रहरी सहित ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । नरहा गापाको क्वारेन्टाइनमा रहेका १ जनामा पनि कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमित हुनेमा ४ महिला र २० जना पुरुषहरु रहेका छन् । उनीहरु सबै ११ देखि ७० वर्ष उमेर समूहका रहेका छन् । जिल्लामा अहिलेसम्म २ सय ९८ जना कोरोना कोरोना संक्रमित भएका छन् । जसमध्ये २ सय १० जना निको भएर घर फर्केका छन् भने ८६ जनाको उपचार भइरहेको छ । जिल्लामा हालसम्म ५ हजार ९ सय २८ जनाको स्वाव परीक्षण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन पुगेर नारायणकाजीले भने– मलाई बोल्न अवरोध गर्न खोजियो
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठकमा ५ विषयमा छलफल: ट्रम्पको प्रशंसा, ओलीको आलोचना
-
कंगोमा जारी युद्धमा ७ हजार मारिए
-
पहिलो पत्नीको आरोपलाई उदित नारायणले भने- ‘ब्ल्याकमेलिङ’
-
७ महिनामा ५२ करोडको कोदो आयात
-
झापामा रिसाएका नारायणकाजी श्रेष्ठ चितवनमा