दलित बालिकालाई दुर्व्यवहार गर्ने युवकमाथि करणी उद्योगको मुद्दा
बुधबार, ०३ भदौ २०७७, २२ : ४०

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा एक दलित बालिकालाई दुर्व्यवहार गरेको आरोपमा गैरदलित युवकमाथि जबरस्ती करणी उद्योगको मुदा दर्ता गरिएको छ । कटहरिया नगरपालिका वडा २ जमुनियाका २० वर्षीय सुनिलकुमार साहमाथि करणी उद्योगमा मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञान कुमार महतोले बताए ।
४ दिनअघि गाउँकै एक दलित बालिकालाई ललाईफकाई करणी गर्न लागेको पीडितका बाबुको उजुरीको आधारमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । बालिकाको स्वास्थ परीक्षण समेत भैसकेको डिएसपी महतोले जानकारी दिए । घटनालगत्तै आरोपी साह फरार रहेकाले उनको खोजी भैरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात महिनामा कहाँबाट कति भित्रियो खाद्यान्न ?
-
अमेरिकी विमानस्थलमा यसरी टर्यो अर्को दुर्घटना
-
यी चर्चित क्रिकेटरको खानपिन र व्यायामशैली
-
‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ताले गरिन् नेपाली युवकसँग विवाह
-
लगातार दुई पटक उपाधि चुम्ने एकमात्र राष्ट्र
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान