माल्दिभ्समा कोभिडका संक्रमित ६ हजार नाघे
एजेन्सी । माल्दिभ्समा पनि कोभिड-१९ का सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । मालदिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा यहाँ सङ्क्रमितहरुको संख्या ६ हजार नाघेको छ । दक्षिण एसियाको सानो देश माल्दिभ्समा पनि पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरु बढेका हुन् ।
सो समाचारअनुसार यहाँ कोरोना सङ्क्रमणबाट मारिने व्यक्तिको संख्या २४ पुगेको छ । यहाँका स्थानीय मिडियाले बुधबार सो समाचार दिएका छन् । मालदिभ्सको स्वास्थ्य सुरक्षा निकायका अनुसार मंगलबार मात्र १७० जनामा सङ्क्रमण भएको पाइएको थियो ।
स्वास्थ्य अधिकारीहरुले दिएको समाचारमा बुधबार मात्र यहाँ सङ्क्रमण हुने व्यक्तिको संख्या ६ हजार ७९ पुगेको छ । यहाँका सङ्क्रमितमध्ये ३ हजार ४८८ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् । अहिले पनि २ हजार ४०१ जना भने सङ्क्रमित नै रहेका र उपचार गराइरहेका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्विन शुक्ल पूर्णिमाको व्रत पात्रोपिच्छे फरक लेखिँदा अन्योल
-
पन्ध्र दिनभित्र खानेपानी सेवा पुनःसञ्चालनमा आउँछ : मन्त्री यादव
-
सरुमारानीमा प्रभावकारी बन्यो ‘छोरी पेवा बचत कार्यक्रम’
-
अविरल वर्षापछिको बाढीले आठ करोड बढीको धान बालीमा क्षति
-
उत्तर कोरियासँगको रक्षा सम्झौता ‘स्पष्ट’– रुस
-
पात्रोपिच्छे आश्विन शुक्ल पूर्णिमा व्रत फरक लेखिएकाले अन्योल