शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटबाट ओखलढुंगा गएकी १५ वर्षीया बालिकामा कोरोना देखियो

बुधबार, ०३ भदौ २०७७, १९ : १२
बुधबार, ०३ भदौ २०७७

ओखलढुंगा । ओखलढुंगामा एकजना कोरोना संक्रमित थपिएका छन् । बुधबार जिल्लाको खिजीदेम्बा गाउँपालिकाका १५ वर्षीय बालिकामा कोरोना संक्रमण पुष्टी भएको हो । गत असार २६ गते रौतहट जिल्लाबाट आएर गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी बालिकामा कोरोना देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।

गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका उनीसहित १० जनाको गत असार ३० गते थ्रोट स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागी पठाइएकोमा ती बालिकामा मात्रै कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना देखिएका बालिकासहित उनका परिवारका सदस्यलाई समेत छुट्टै आसोलेसनमा राख्ने तयारी गरिएको छ । कोरोना देखिएका बालिकालाई उपचारका लागी जिल्ला अस्पताल रुम्जाटारको आईसोलेसनमा ल्याईदै छ । ती बालिकाको स्वास्थ्य अवस्था समान्य रहेको तिवारीको भनाई छ ।

संक्रमित बालिलकाका बुबा नेपाल प्रहरीमा कार्यरत भएको र बुबाको सरुवा भएसँगै रौतहटबाट परिवार नै खिजिदेम्बा आएको बुझिएको छ । उनीहरु बारा जिल्लाको फेटा गाउँपालिकाका स्थायी बासिन्दा रहेको  जनाइएको छ । योसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २ पुगेको छ । जिल्लामा यसअघि कोरोना देखिएका १५ भारतीय नागरिकसहित २२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप