शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हप्तामा आठ उडान गर्न अमेरिका र चीनबीच सहमति

बुधबार, ०३ भदौ २०७७, १८ : ०१
बुधबार, ०३ भदौ २०७७

वासिङ्टन । संयुक्तराज्य अमेरिका र चीनबीच हप्तामा आठवटा सिधा हवाई उडान सञ्चालन गर्ने बारेमा सहमति भएको छ ।  अमेरिकी यातायात विभागद्वारा जारी वक्तव्यका अनुसार अहिलेसम्म चारओटा मात्रै उडान हुँदै आएकोमा अबदेखि हप्तामा ८ उडान गर्ने सहमति भएको हो ।

नयाँ सहमतिसँगै अमेरिकाबाट चीनतर्फ जाने र चीनबाट अमेरिकातर्फ आउने यात्रुहरुलाई सहज हुने विश्वास लिइएको विभागले जनाएको छ ।  कोरोनाभाइरसको महामारी र थप फैलिने त्रासका कारण विश्वभरी नै उडान सेवा अवरुद्ध हुने क्रममा यी दुई देशका बीचमा पनि उडान सेवामा कमी आएको थियो । 

अहिले भने आवश्यकता र परिस्थितिका आधारमा सतर्कता अपनाउँदै विस्तारै उठान सेवा बृद्धि गर्न लागिएको अधिकारीहरुले जनाएका छन् । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप