बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

इन्भेष्टमेण्ट बैंक र वायरबारली बीच रेमिट्यान्स कारोबार गर्र्नेे सम्झौता

बुधबार, ०३ भदौ २०७७, १७ : ५८
बुधबार, ०३ भदौ २०७७

काठमाडौं । विदेशमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट बैंक र वायरबारली बीच विप्रेषण (रेमिट्यान्स) कारोबार गर्ने सम्झौता भएको छ ।

यस सम्झौतापछि अस्ट्रेलिया, अमेरिका न्यूजिल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आनो खाता प्रयोग गरी वायरबारलीको मोबाइल एप मार्फत अनलाइन पोर्टल प्रयोग गरि नेपालमा रकम पठाउन सक्नेछन् । वायरबारलीको मोबाइल एप गुगल प्लेस्टोर, एपस्टोरबाट डाउनलोड गरि आफ्नो मोबाइलमा इन्स्टल गर्न सकिन्छ ।

वायरबारलीमार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनैपनि बैंककोे खातामा तुरुन्तै रकम जम्मा हुनेछ । वायरबारलीमार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिन्छ  । 

कोभिड–१९को संक्रमणको जोखिमवाट सुरक्षित रहेर नेपालमा रकम पठाउन वायरबारलीको मोबाइल एप तथा अनलाइन पोर्टल प्रयोग गर्न सकिन्छ । 

देशका विभिन्न ठाउँमा रहेका ८२ वटा शाखा र १२४ वटा एटिएम मार्फत आफ्नो सेवा दिइरहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि. र  वायरबारली बीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र पाउन सहज बनाएको बैंकले बताएको छ ।

यस अघि नेपाल इन्भेष्मेण्ट बैंकले विदेशमा रहेका नेपालीहरुलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने हेतुले विभिन्न राष्ट्रमा बैंक तथा विप्रेषण प्रदायक कम्पनीहरु सँग सम्झौता गरि कारोवार गर्दै आएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप