घर-घरमा मास्क बाँड्दै अन्नपूर्ण गाउँपालिका

पोखरा । कोरोना महामारीबाट जोगिन व्यक्तिगत सुरक्षा अपनाउन अपिल गर्दै कास्कीको अन्नपूर्ण गाउापालिकाले मास्क बाड्ने अभियान थालेको छ । पालिकाले जनचेतनामुलक अभियानस्वरुप प्रतिव्यक्ति एक मास्क, साबुन र कोरोना भाइरसबारे जानकारी समेटिएको ब्रोसर बाँड्ने अभियान थालेको छ ।
गाउँपालिका अध्यक्ष युवराज कुँवरले नागरिकसामू सचेतना फैलाउनका लागि यो अभियान थालिएको बताए । ‘कोरोना भाइरस संक्रमणबाट बच्न व्यक्तिगत सुरक्षाका उपाय अपनाउनुपर्छ । औषधी पत्ता लागिसकेको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा हामीले समुदायमा सचेतना फैलियोस् भनेर केही काम गर्ने बित्तिकै हात धुनको लागि साबुन, आवश्यक काममा बाहिर निस्किनु परे मास्क र कोरोना भाइरसबारे थप जानकारी लिनको लागि ब्रोसर बाँडिरहेका छौं ।’ पालिकाका जनप्रतिनिधि, क्लब, शिक्षक र आमा समूहमार्फत घर घरमा पुगेर स्वास्थ्य सामग्री वितरण सुरु गरिएको उनले सुनाए ।
अध्यक्ष कुँवरले आफ्नो फेसबुकमा पनि स्वास्थ्य सामग्री नपाएको खण्डमा सम्पर्क गर्न अनुरोध गरेका छन् । यसअघि पालिकाले लकडाउनमा दैनिक ज्यालादारी गरेर जिविका चलाउने परिवारलाई काम दिएको थियो । लकडाउनले काम खोसिएकाहरुलाई महानगर र अन्य पालिकाले राहत वितरण गरिरहेको बेलामा अन्नपूर्णले भने कामै दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रि : जीवनको सर्वोत्तम व्रत
-
पैसा तिरेर पानीसँगै रोग किनिरहेका छौँ
-
सूर्यविनायकमा पूजा गर्दै ‘माग्ने राजा’ को छायाङ्कन सुरु
-
नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन
-
५ अर्ब खर्चिंदा पनि शुद्ध भएन पोखराको पानी
-
महाशिवरात्रिको अवसर पारेर ‘कमेडी किड्स’को अडिसन खुला