ad
x

घर-घरमा मास्क बाँड्दै अन्नपूर्ण गाउँपालिका

person explore access_timeभदौ ३, २०७७ chat_bubble_outline0

पोखरा । कोरोना महामारीबाट जोगिन व्यक्तिगत सुरक्षा अपनाउन अपिल गर्दै कास्कीको अन्नपूर्ण गाउापालिकाले मास्क बाड्ने अभियान थालेको छ । पालिकाले जनचेतनामुलक अभियानस्वरुप प्रतिव्यक्ति एक मास्क, साबुन र कोरोना भाइरसबारे जानकारी समेटिएको ब्रोसर बाँड्ने अभियान थालेको छ । 


गाउँपालिका अध्यक्ष युवराज कुँवरले नागरिकसामू सचेतना फैलाउनका लागि यो अभियान थालिएको बताए । ‘कोरोना भाइरस संक्रमणबाट बच्न व्यक्तिगत सुरक्षाका उपाय अपनाउनुपर्छ । औषधी पत्ता लागिसकेको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा हामीले समुदायमा सचेतना फैलियोस् भनेर केही काम गर्ने बित्तिकै हात धुनको लागि साबुन, आवश्यक काममा बाहिर निस्किनु परे मास्क र कोरोना भाइरसबारे थप जानकारी लिनको लागि ब्रोसर बाँडिरहेका छौं ।’ पालिकाका जनप्रतिनिधि, क्लब, शिक्षक र आमा समूहमार्फत घर घरमा पुगेर स्वास्थ्य सामग्री वितरण सुरु गरिएको उनले सुनाए । 



अध्यक्ष कुँवरले आफ्नो फेसबुकमा पनि स्वास्थ्य सामग्री नपाएको खण्डमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।  यसअघि पालिकाले लकडाउनमा दैनिक ज्यालादारी गरेर जिविका चलाउने परिवारलाई काम दिएको थियो । लकडाउनले काम खोसिएकाहरुलाई महानगर र अन्य पालिकाले राहत वितरण गरिरहेको बेलामा अन्नपूर्णले भने कामै दिएको थियो । 




 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।