ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर लमजुङको बेसीशहरमा
बुधबार, ०३ भदौ २०७७, १६ : ५१
लमजुङ । ग्लोबल आइएमई बैंक लिमिटेडले भाद्र १ सोमबार लमजुङको बेसीशहर स्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
बैंकको ४१औँ एक्सटेन्सन काउण्टरको उद्घाटन, को.ले.नि.का.लमजुङका प्रमुख भगवान प्रसाद उप्रेती र भूमीसुधार तथा मालपोत कार्यालय बेसीशहरका प्रमुख केशव प्रसाद पौडेलले संयुक्तरुपमा गरे ।
बैंकले सेवाग्राहीको बढ्दो चापर बिस्तारित बैंङ्किङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । भूमी सुधार तथा मालपोत कार्यालय बेसीशहर अन्तर्गतका सेवाग्राही लगायत अन्य सेवाग्राहीहरुलाई बैंङ्किङ सेवा प्रदान गर्ने प्रयोजनार्थ यस एक्सटेन्सन काउण्टर सुरु गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रवि लामिछाने अझै दुई साता हिरासतमै रहनेदेखि बालेनको पत्र बुझ्न एमालेको अस्वीकारसम्म
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते
-
जनकपुरधाममा विवाहपञ्चमीको तयारी सुरु
-
सवारी दुर्घटनामा दम्पतीको मृत्यु
-
दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना