शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छब्बिस दिनपछि तोडे पियूका विद्यार्थीले अनशन

बुधबार, ०३ भदौ २०७७, १६ : ५०
बुधबार, ०३ भदौ २०७७

पोखरा । पोखरा विश्वविद्यालयमा विभिन्न माग राख्दै आन्दोलनरत नेविसंघका विद्यार्थीले तत्कालको लागि आन्दोलन स्थगित गरेका छन् । लामो समयदेखि रिक्त पोखरा विश्वविद्यालयको उपकूलपति र रजिष्ट्रार लगायतका पदाधिकारी तत्काल पदपूर्तिको माग राख्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले आन्दोलन स्थगित गरेका हुन् ।

क्याम्पस हाताभित्रै २६ दिनदेखि रिल अनशन थालेका नेविसंघका विद्यार्थीहरुले हिजो अनशन तोडेका छन् । अनशन तोडे पनि आन्दोलनलाई थप सशक्त पार्दै लैजाने आन्दोलन समितिका संयोजक राजीव भण्डारीले जानकारी दिए । ‘जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा पनि यही समयमा जारी ग¥यो । हामी थाकेका होइनौं,’ उनले भने, ‘अझ सशक्त भएर आन्दोलन गछौं । तत्कालका लागि निषेधाज्ञा जारी गरिएको हुनाले साथीहरु जम्मा हुन पनि समस्या हुने भयो । तर, आन्दोलन सकिएको छैन ।’

पोखरा विश्वविद्यालयमा एघार महिनादेखि उपकुलपति, रजिष्ट्रार, विभिन्न शंकायका प्रमुख लगायतका विभागमा पदाधिकारी रिक्त छ । विश्वविद्यालयका पदाधिकारी नै नहूँदा चैतमा हुने भनिएको परीक्षा नै स्थगित हुन पुगेको थियो । 
विश्वविद्यालयलाई नेतृत्वविहिन पारेर सरकारले हजारौं विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप