निषेधाज्ञा तोड्दै गुडेको गाडीले ठक्कर दिँदा प्रहरी जवान र हवल्दारको मृत्यु

पोखरा । पोखरामा गस्तीमा खटिएका प्रहरी टोलीलाई बोलेरोले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएका प्रहरी जवान चन्द्रबहादुर बगाले मगर र हवल्दार डम्बरबहादुर थारुको मृत्यु भएको हो । प्रहरी जवान बगालेले चलाएको मोटरसाइकललाई पछाडिबाट आएको बोलेरो जिपले ठक्कर दिएको थियो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार राती १२ बजेदेखि लागू हुने गरि मंगलबार निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले जारी गरेको निषेधाज्ञा अवज्ञा गर्दै गुडेको बोलेरोले मंगलबार राती १ बजेको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।
विन्ध्यवासिनबाट जिरो किलोमिटर झर्दै गरेको मोटरसाइकललाई मालेपाटनमा बोलेरोले ठक्कर दिएको थियो । डिएसपी हमालकाअनुसार ग २ च २६२६ नम्बरको बोलेरोले ग १ ब ३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बोलेरोको ठक्करबाट प्रहरी जवान बगालेको गएराति नै मृत्यु भएको थियो भने गम्भिर घाइते बनेका हवल्दार थारुको पनि मृत्यु भएको छ । दुर्घटनापछि घाईते भएका दुवै जनालाई उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो । बोलेरो चालक धादिङ घर भई पोखरा महानगरपालिका ५ पस्र्याङ बस्ने विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घटना घट्नुको कारणबारे थप अनुसन्धान भइरहेको डिएसपी हमालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग